ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जमल ज्याथा क्षेत्रमा भिषण आगलागी


एबीसी न्यूज
भाद्र २६, २०७५ मंगलबार  ८ : ५६ बजे


काठमाडौं २६ भाद्र। काठमाडौँको ज्याथा क्षेत्रमा आगलागी भएको छ । आज बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण्मा आउन सकेको छैन । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा आगलागी भइरहेको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि ट्राभल्स एजेन्सीमा रहेका हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएका छन् । ग्यास पड्कीदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएको छ । आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हापफालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि वीर अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

स्थानीयबासी सागर तुलाधरका अनुसार मिनेट मिनेटको अन्तरमा पुरै ज्याथा क्षेत्र थर्किने गरी करिब ४० देखि ५० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए । क्षेत्रपाटीमा बस्दै आएका पत्रकार शोभित थपलियाका अनुसार अक्सिजन ग्यास सिलिन्डर विस्फोटको आवाजले ज्याथा र क्षेत्रपाटी क्षेत्रबासीबीच भागाभाग भएको थियो ।
ग्यास विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका छन् । आगोले ठुलो रुप लिएपछि अहिले जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका छन् । तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउने कोशिश भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com