ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भव्यसाथ मनायो इन्द्रेणी सिप विकास तालिम केन्द्रले हरितालीका तीज


bhawani desk
भाद्र २४, २०७५ आईतबार   १ : ०१   बजे

काठमाडौं ,२४ भाद्र । इन्दे्रणी सिप विकास तालिम केन्द्रले हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा विविध कार्यक्रमसहित हरितालिका तीजको शूभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहेका महिला दिदी बहिनीबीच संस्थागत सदभाव एवम् आत्म सम्मानमा अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

न्यू लूक्स कम्पनीले प्रायोजन गरेको तीज विशेष कार्यक्रममा मोडेल मेकअप प्रतियोगिता पनि आयोजना गरिएको थियो । जसमा उत्कृष्ठ मेकअप गरेवापत व्युटिसियनहरु क्रमश रमा श्रेष्ठ पहिलो त्यसैगरि फस्ट रनरअपमा अनिमा महर्जन, सेकेण्ड रनरअपमा संगीता खत्रीलाई पुस्कार वितरण गरिएको थियो ।

शिक्षाको क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा इसिएस स्कुलकी प्रिन्सिपल प्रमिला सिंहलाई सम्मान गरिएको थियो । कार्यक्रममा सभासद् तेजुलाल चौधरीले पुरस्कृत र सम्मानितलाई दोसल्ला ओढाएर सम्मान गर्दै मुलुक आर्थिक समृद्धितर्फ नै अघि बढ्ने आधार नै उद्योग व्यवसाय भएकाले राज्यले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

उहाँले अब सबै महिलाहरुलाई आत्मनिर्भर बनाउनु राज्यको दायित्व भएकाले सरकारकातर्फबाट साथ र सहयोगको आवश्यकता रहेकोमा ध्यानाकषर्ण पनि गराउनुभयो । महिलाहरुको महान पर्व तीजको उपलक्ष्मा सुभकामना आदानप्रदान गर्दै सुन्दरताको महत्वबारे ध्यानाआकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ ।

६ जना उद्यमशिल महिलाहरुको अगुवाईमा २०७४ मा स्थापना भएको इन्द्रेणी सिप विकास तालिम केन्द्रले छोटो समयमा महिला दिदीबहिनीका लागि धेरै उपयोगी तालीम तथा सहयोगी क्रियाकलाप गर्दै आएको संस्थाकी सञ्चालिका मिनेश्वरी श्रेष्ठले बताउनुभयो ।

संस्थाकी सञ्चालिका रमिता श्रेष्ठले इन्दे्रणी सिप विकास तालिम केन्दले निरन्तर महिला दिदी बहिनीका लागि यस्ता जीवनोपयोगि गतिविधीहरु गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group