ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश


bhawani desk

पोखरा, २४ भाद्र । हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ ।

महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर, जनचेतना ¥यालीसँगै उद्यमशीलताको विकासलाई तीज पर्वसँग जोडेको हो ।

‘आर्थिक समृद्धिका लागि उद्यमशीलतासँगै क्यान्सर सचेतना’ भन्ने मूल नाराका साथ स्थापनाकालदेखि रेडियो सामाजिक सेवामा समर्पित रहँदै आएको प्रवन्धक विमला भण्डारी बताउनुहुन्छ ।

रेडियोले वर्षभरि आफ्ना प्रचारप्रसारका सामग्रीमा समेत सर्वसाधारणलाई क्यान्सर रोग लाग्नाका कारण, उपचारका एवं आहारविहारका सम्बन्धमा सचेत गराउँदै स्वस्थ बनेर उद्यमशीलताको विकास गर्न महिला वर्गलाई प्रेरितसमेत गर्दै आएको उहाँको भनाइ छ ।

‘जननी तीज विशेष हस्तकला व्यापार मेला’ भन्ने मूल नाराका साथ रेडियोले तीन हजार महिलालाई उद्यमी तालीम प्रदान गरेको जननी रेडियोका संस्थापक अध्यक्ष हीरा भट्टराईले जानकारी दिनुभयो ।

‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजित शिविरमा महिलाको लागि निःशुल्क स्तन क्यान्सर परीक्षण, भिआइए परीक्षण गर्नुका साथै जनचेतना अभिवृद्धिका सामग्री बिक्री तथा प्रदर्शनी गरिएको रेडियोका सल्लाहकार एवं कार्यक्रम संयोजक लक्की कार्कीले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले तीजगीत प्रस्तुत गरेर उपस्थित महानुभावलाई मनोरञ्जनसमेत प्रदान गर्नुभएको थियो ।

नेपालमा दिनप्रतिदिन क्यान्सर रोगका कारण महिला तथा पुरुषको स्वास्थ्य जोखिममा पर्दै गएको वर्तमान अवस्थामा रोगको न्यूनीकरणका साथै विशेष गरी महिलालाई उद्यमी बन्न रेडियोले निरन्तर अभियान सञ्चालन गर्दै आएको अध्यक्ष मिलन थापा बताउनुहुन्छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले नेपालमा जनचेतनाको अभावले दिनप्रतिदिन बढेको क्याम्सर रोगको कारण वार्षिक १७ हजारले ज्यान गुमाउने गरेको उल्लेख गर्नुभयो ।

क्यान्सर रोग लागेको बिरामी अन्तिम अवस्थामा अस्पताल आउने गरेको कारण अपेक्षितरुपमा बचाउन नसकिएको बताउँदै उहाँले सुर्तीजन्य वस्तुबाट मात्र मुलुकमा ९० प्रतिशत क्यान्सर लाग्ने गरेको तथ्याङक दिनुभयो ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मुलुकमा भयावह अवस्थामा देखिएको क्यान्सर रोगको न्यूनीकरणका लागि जनचेतना अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

पोखरा र आसपासका क्षेत्रमा पछिल्लो समय तीजपर्वलाई संस्थागत र सामूहिकरुपमा शुभकामना आदानप्रदान र रचनात्मक कार्य गरेर मनाउने प्रचलन बढेकोछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com