ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीका स्थानीय तहमा ५० वडा सचिवविहिन


bhawani desk

बैतडी, २४ भाद्र । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ ।

दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिनुभयो ।

वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन् उहाँले भन्नुभयो, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये चारवटा सचिव नभएका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

यस्तै मेलौली नगरपालिकाका नौवटा वडामध्ये छ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । वडामा सचिव नहुँदा नागरिकले चाहेअनुसारको सेवा पाएका छैनन् उहाँले भन्नुभयो, “सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ ।”

यसैगरी पुर्चाैंडी नगरपालिकाका–१० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिका–८ वडामध्ये तीन वडामा सचिव नभएका गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिनुभयो । यस्तै डिलाशैनी गाउँपालिकामा सात वडामध्ये चार मा सचिव नभएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिनुभयो ।

कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।
जनप्रनिधि आइसकेपछि सहजैरुपमा घरदैलोमै सहजरुपमा सेवा पाउने आश गरेका नागरिक निरास हुंदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको शेखर पक्षको निस्कर्ष

काठमाडौं, १७ असार । नेपाली काँग्रेस नेता डा. शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप

काठमाडौंमा ठेलामा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडियोसहित)

काठमाडौं, १७ असार ।  काठमाडौंको बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको छ । आज शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि बालुवाटारमा काठमाडौं

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधनको प्रयास नगरौं : कानुनमन्त्री

काठमाडौं, असार १७ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित

सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ 

प्रधानसेनापति शर्मा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीमा

मधेश प्रदेशसभाको बैठक २० असारमा बस्ने

जनजाति महासंघको कार्यालय सर्यो

बझाङमा बलात्कार आरोपमा शिक्षक पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...