ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा निर्मला बलात्कारपछि हत्याको काण्डको अनुसन्धानमा छानविन टोलीको प्रतिवेदन यस्तो


एबीसी न्यूज

कञ्चनपुर, २३ भाद्र । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही देखिएको निष्कर्ष उच्चस्तरीय छानविन समितिले निकालेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापर्वाही गरेको बताए । अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको पनि भेटियोको मैनालीले बताए ।

प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रुप लिएको छानविन समितिको निश्कर्ष छ । कञ्चनपुरमा बिना कारण आन्दोलन नभएको भन्दै उनले भने, ‘हिजोको त्यो अवस्था त्यसै आएको होइन । त्यसमा प्रहरीको त्रुटी देखिएको छ ।’

अनुसन्धानका क्रममा भेटिएका तथ्यहरु नयाँ अनुसन्धान टोलीलाई दिएको उनले सुनाए ।
उनका अनुसार तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कमजोरी देखिएकाले निलम्बन गरिएको हो । ‘सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले तत्काल प्रहरी प्रमुखलाई निलम्बन गर्न सिफारिस गरेका हौं’ छानविन समितिका संयोजक मैनालीले भने, ‘अनुसन्धानमा खटिएका प्रहरीहरुसँग सोधपुछ हुन्छ ।’

अनुसन्धानमा खटिएका अन्य प्रहरीको पनि त्रुटी भेटिए कारबाहीका लागि सिफारिस गर्ने उनले बताए । हत्याको विरोधमा भएको आन्दोलनमा समेत बढी बल प्रयोग भएको छानविन समितिको निष्कर्ष छ ।

छानविन टोली आजै काठमाडौं फर्किँदैछ । समितिको म्याद आजै सकिने भए पनि ३र४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने संयोजक मैनालीले बनाए । ‘पन्ध्र दिनको म्याद शुक्रवार सकिएको भएपनि आवश्यकताअनुसार म्याद थप हुन्छ’ उनले भने ।

१३ वर्षीया बालिका निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट विहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ । तर, प्रहरीको प्रभावकारी अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्कियो । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएपछि सरकारले छानविन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com