ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागबेली झार बिक्री हुन छाडेपछि उपभोक्ता निराश


bhawani desk

पर्वत, २२ भाद्र । विगतमा नागबेली झारबाट मनग्य आम्दानी गर्दै आएका यहाँका बासिन्दा अहिले निराश छन् ।

सामुदायिक वनमा प्रसस्त मात्रामा पाइने नागबेली झार बिक्री हुन छाडेपछि उनीहरु निराश बनेका हुन् । जलजला गाउँपालिका–९ बनौं, वडा नं ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र क्याङमा नागबेली पर्याप्त पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विदेश निर्यात गर्दै आएका किसान हाल निराश छन् । दुई वर्षयता नागबेलीको पाउडर निर्यात हुन सकेको छैन ।

उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री गर्दै आएका थिए । हाल नागबेली बिक्री हुन छाडेको छ । अहिले लाखौं रुपैयाँको सो झार वनमै कुहिन थालेको छ । स्थानीयस्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत झार विवाह व्रतबन्ध लगायतका काममा प्रयोग गरिँदै आएको थियो । सो झारको कोसाबाट विभिन्न शृृङ्गारका सामाग्री बन्ने थाहा पाएपछि किसान उत्साहित भएका थिए ।

कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार यहाँका तीन सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा सङ्कलन गर्ने गरेका थिए । सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर बिक्री गरिँदै आएको थियो ।

दुई वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट दुई सय किलो तथा छहेरे तथा कमेरा पाखा वन समूहबाट १५० किलो पाउडर उत्पादन गरी बिक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्री गरेको थियो ।

किसानले प्रतिकिलो रु सात सयदेखि रु आठ सयसम्म आम्दानी गर्ने गरेका थिए । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा १० टन भन्दा बढी पाउडर उत्पादन हुने अनमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

बाघ हेर्न गाभर भ्याली होमस्टे

वडाध्यक्षको गोली प्रहार गरी हत्या

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com