ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो


bhawani desk

काठमाडौं,२२ भाद्र । युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएसँगै जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु भएको हो ।

जग्गाको नापजाँच, कित्ताकाटलगायत काम भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको नियकाले गर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न गरीबी निवारण मन्त्रालयलाई आग्रह गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जग्गा उपलब्ध गराउँदा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले स्थानीयवासीसँग सहकार्य र सहजीकरण गर्नेछ । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले खेलकूद मन्त्रालयबाट पत्र प्राप्त भएकाले तत्काल कार्यान्वयन गरिने बताउनुभयो । “मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयनमा लैजान्छौँ,” उहाँले भन्नुभयो ।

निर्माणाधीन मूलपानी क्रिकेट मैदानको पश्चिमट्टि १० स्थानीयवासीको ४७ आना जग्गा मुआब्जाबारे शुरुआतदेखि नै विवाद रहँदै आएको थियो ।

मन्त्रिपरिषद्ले गत साउन २९ गते जग्गाधनीलाई जग्गाको साटो जग्गा नै उपलब्ध गराउने निर्णय गरेको थियो । निर्णयसँगै उक्त विवाद समाधान भएको हो । मन्त्रिपरिषद् बैठकले १० जग्गाधनीलाई राखेपको भोगचलनमा रहेको मूलपानी मैदानको गुरुयोजना बाहिरको जग्गा स्थानीयवासीलाई उपलब्ध गराउने निर्णय गरेका छ ।

मैदानको पश्चिमपट्टि १७ कित्ता (४७ आना) जग्गा थियो । हालको कागेश्वरी मनोहरा नगरपालिका–६ का रत्नदेवी श्रेष्ठको चार आना, फूलमाया तामाङको तीन, अनिता गिरीको तीन, बेञ्जु उप्रेतीको तीन, गोमा कार्कीको तीन, नवराज अचार्यको आठ दशमलव दुई, लक्ष्मी बाँस्कोटाको १२, गोविन्दहरि श्रेष्ठको दुई दशमलव दुई, कविता तिम्सिनाको चार दशमलव एक तथा पेमा तामाङको तीन दशमलव दुई आना जग्गा थियो । उनीहरुले जग्गाको सट्टा जग्गा नै पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भैरहवा बहुमुखी क्याम्पसमा अखिलको प्यानलै विजयी

बुटवल, १० चैत । भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुको पूरै प्यानल विजयी भएको छ । कुनै पनि विद्यार्थी संगठनसँग तालमेल नगरी एकल रूपमा

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्वित

काठमाडौं, १० चैत्र । घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा

प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालय बाँडफाँडमा सकस

काठमाडौँ, १० चैत । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकेर संसद्‌बाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै सरकार विस्तार गर्न

सम्बन्धित

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँड

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजदेखि रमजान सुरु

राष्ट्रपति पौडेललाई चेम्बरको बधाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...