ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क


bhawani desk
भाद्र २२, २०७५ शुक्रबार   १ : २३   बजे

काठमाडौं,२२ भाद्र ।  बाह्र्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ । चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन् । वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आर्जित हुनु परेको छ ।

चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन् । पानी जमेको छ । सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार गर्न सक्ने स्थिति छैन । सडकमा गिट्टी छरपष्ट छ । दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिन्छन् । तीन वर्षयता सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन । धुलोका कारण यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ । “धुलो आँखामा पस्दा सडक पार गर्न सकिन्न । वर्षामा सधैँ हिलोको डर रहन्छ,” नारायणटारका देवनारायण चौलागाईँले पीडा सुनाउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप यही सडकखण्डमा पर्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकका कारण सास्ती खेप्दै आएका छन् । पर्यटक घण्टौँ जाममा पर्दा दिक्क मान्छन् । खाल्डाखुल्डीले विद्यार्थी सबैभन्दा बढी प्रभावित छन् । ठूलो पानी पर्दा सडक खोलामा परिणत हुन्छ ।

सो सडकखण्डमा दिनहुँ यात्रा गर्दै आउनुभएका जयराम खतिवडा भन्नुहुन्छ, “मान्छे, मोटरसाइकल र स्कुटर हिलोमा नपछारिएको दिनै हँुदैन ।” मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई बढी समस्या छ ।

“घरबाट आउँदा लगाएको जुत्ता र कपडाको अवस्था फर्किदा हेरिनसक्नु हुन्छ,” जोरपाटीका उदय श्रेष्ठले भन्नुभयो । सडक मर्मतसम्भार गर्न उहाँले आग्रह गर्नुभयो ।

विसं २०७२ मा सरकारले चाबहिलबाट साँखुसम्मको सडक चार लेनको बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । पाँच कम्पनीले एघार किलोमिटर लामो सो सडकखण्ड विस्तार गरिरहेका छन् । आव २०७४-७५ भित्र सो काम सक्नुपर्ने छ ।

कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युत् र टेलिफोनको पोल तथा तार, खानेपानी तथा ढलका कारण काम समयमै गर्न नसकेको जनाउँदै आएका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठका अनुसार सडक निर्माणको ठेक्का पाएको युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले १५ प्रतिशत, बज्रगुरु-च्याङमिला-खानी जेभीले ४०, बज्रगुरु-विरुवा-खानी जेभीले ४०, बिटी-सुनकोशी-वल्डवाइड जेभीले ३५ तथा लामा-समानान्तर जेभीले २५ प्रतिशत काम सम्पन्न गरेको छ ।

सर्वाेच्च अदालतले सडकमा जग्गा परेका परिवारलाई मुअब्जा दिन हालै आदेश दिएको थियो । मुआब्जाको प्रक्रियामा जाँदा अझै दुई वर्षसम्म सडक निर्माण रोकिने श्रेष्ठ बताउनुहुन्छ । बजेट विनियोजन, जग्गाको सर्वे, मुआब्जा दाबी तथा वितरण गर्न समय लाग्ने देखिन्छ ।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले स्थानीयवासीको अवरोधले सडक स्तरोन्नतिको काम हुन नसकेको बताउनुभयो । “सरकारले

मुआब्जाका लागि रकम छुट्याएको छैन, सडक निर्माणमा अझै ढिलाइ हुन्छ ।” मुआब्जा वितरण र सडक निर्माण सँगसँगै गर्नुपर्ने छ । बिजुलीको पोल हटाउने तथा तार व्यवस्थापनको काम बाँकी नै छ । बौद्ध–जोरपाटी सडकखण्ड निर्माणका लागि एक वर्ष समय थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group