ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले तेस्रो देशसँग व्यापार गर्न भारतका सामुद्रिक बन्दरगाहको निर्भरता हट्यो


एबीसी न्यूज
भाद्र २२, २०७५ शुक्रबार  ९ : ४४ बजे

काठमाडौं, २२ भाद्र । नेपाल– चीन पारवहन प्रोटोकलका लागि काठमाडौंमा सम्पन्न बैठक भएको छ ।
नेपाल र चीन बहुप्रतिक्षित व्यापार तथा पारबहन प्रोटोकलमा सहमत भएका छन्। यो सहमतीसँगै नेपालले अब तेस्रो देशसँग व्यापार गर्न भारतका सामुद्रिक बन्दरगाहमा मात्रै निर्भर रहनु बाध्यता हटेर गएको छ ।
काठमाडौंमा भएको सहमती अनुसार नेपालले अब चीनका चार वटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह तेस्रो देशसँग व्यापारका लागि प्रयोग गर्न सक्नेछ।
नेपालले अब तेस्रो मुलुक जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनका सामुद्रिक बन्दरगाह थेन्जिन, सेन्जेन, ल्यानयुयान र झान्जियाङ तथा चीनका सुख्खा बन्दरगाह लान्झोउ, ल्हासा र सिगात्से प्रयोग गर्न पाउने छ।
दुई देशका अधिकारीबीच बिहीबार मध्यराति काठमाडौंमा सम्पन्न बैठकले नेपाल–चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिएको हो।
वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार नेपाल र चीनबीच २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलको १९–२१ भदौमा काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा यस्तो सहमती भएको हो।
ढकालका अनुसार सहमती भएको बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विभिन्न विषयहरूमा छलफल भई प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिइएको छ।

प्रटोकलले अन्तिम रुप पाएसँगै नेपाल र चीनबीच २ वर्षअघि व्यापार तथा पारवहनसम्बन्धी भएको सम्झौता कार्यान्वयन आउने छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com