ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले तेस्रो देशसँग व्यापार गर्न भारतका सामुद्रिक बन्दरगाहको निर्भरता हट्यो


एबीसी न्यूज

काठमाडौं, २२ भाद्र । नेपाल– चीन पारवहन प्रोटोकलका लागि काठमाडौंमा सम्पन्न बैठक भएको छ ।
नेपाल र चीन बहुप्रतिक्षित व्यापार तथा पारबहन प्रोटोकलमा सहमत भएका छन्। यो सहमतीसँगै नेपालले अब तेस्रो देशसँग व्यापार गर्न भारतका सामुद्रिक बन्दरगाहमा मात्रै निर्भर रहनु बाध्यता हटेर गएको छ ।
काठमाडौंमा भएको सहमती अनुसार नेपालले अब चीनका चार वटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह तेस्रो देशसँग व्यापारका लागि प्रयोग गर्न सक्नेछ।
नेपालले अब तेस्रो मुलुक जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनका सामुद्रिक बन्दरगाह थेन्जिन, सेन्जेन, ल्यानयुयान र झान्जियाङ तथा चीनका सुख्खा बन्दरगाह लान्झोउ, ल्हासा र सिगात्से प्रयोग गर्न पाउने छ।
दुई देशका अधिकारीबीच बिहीबार मध्यराति काठमाडौंमा सम्पन्न बैठकले नेपाल–चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिएको हो।
वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार नेपाल र चीनबीच २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलको १९–२१ भदौमा काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा यस्तो सहमती भएको हो।
ढकालका अनुसार सहमती भएको बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विभिन्न विषयहरूमा छलफल भई प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिइएको छ।

प्रटोकलले अन्तिम रुप पाएसँगै नेपाल र चीनबीच २ वर्षअघि व्यापार तथा पारवहनसम्बन्धी भएको सम्झौता कार्यान्वयन आउने छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com