ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा शिक्षकको कुटाईबाट विद्यार्थी घाईते


bhawani desk

गुल्मी, २१ भाद्र । गुल्मीको मालिका गाउँपालिकामा रहेको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी बीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् ।

कुटपिटबाट शक्त घाईते बनेका एक विद्यार्थीको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको छ । उक्त विद्यालयका शिक्षकहरु खुमलाल पन्थी र हिमाल घर्तिले विद्यार्थीहरुमाथि कुटपिट गरेको र कुटपिटबाट विद्यार्थीहरु घाईते बनेको विद्यार्थीका अभिभावकहरुले बताएका छन् ।

कुटपिटबाट शक्त घाईते बनेका सोही विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी नविन अर्यालको अहिले पाल्पा प्रवासमा उपचार भईरहेको छ । उनको शरिरका विभिन्न भागमा निला डामहरु रहेको र टाउकोको बाहिरि भागमा चोट नदेखिए पनि भित्री भागमा केही अशर पुगेको बताईएको छ ।

नबिन अर्यालको अवस्था अहिले सामान्य बन्दै गएको अस्पतालले जनाए पनि उनी बीच –बीचमा झस्किने र आबेगमा आउने गरेको प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो । अर्यालका अनुसार शिक्षकहरुले नियतबस नभई राम्रैका लागि भए पनि अहिलेको समयमा दण्ड रहित शिक्षाको कमि भएको बताउनुभयो । विधार्थीको उपचार पछि विधालय व्यवस्थापन समितिको बैठक बसि यसबारेमा केही निर्णय लिईने उहाँको दाबी छ ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष देबीराम अर्याल र प्रधानाध्यपक कमल प्रसाद अर्याल लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पाल्पामा विधार्थीको उपचारमा रहेको प्रअ अर्यालले बताउनुभयो ।

बुधवारदेखि सदरमुकाम तम्घासमा संचालन भएको अनेरास्ववियू फुटवल कप २०७५ मा भाग लिनका लागि उक्त विद्यालयका विद्यार्थीहरु सदरमुकाम तम्घास जान पाउनु पर्ने र उक्त प्रतियोगितामा भाग लिन जाने सम्पूर्ण विद्यार्थीहरुको सबै खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएर विद्यालय प्रशासन र विद्यार्थीहरु वीच विवाद उप्पन्न भएको बताईएको छ ।

शिक्षक र विद्यार्थीबीच उत्पन्न विवादले चर्को रुप लिन थालेपछि विद्यालयले मंगलवार विद्यार्थीका अभिभावकहरुलाई पत्रकाटि छलफलका लागि बोलाएको र अभिभावकहरु छलफलका लागि विद्यालय नपुग्दै विद्यार्थीहरुलाई प्राथना सकिए लगत्तै उक्त शिक्षकहरुले उनीहरुलाई कुटपिट गरेर कक्षा कोठामा थुनेको अभिभावक संघका सदस्य तेज नारायण अर्यालले बताउनुभयो ।

शिक्षकले विद्यार्थीहरुलाई कुटपिट गर्नु गलत भएको भन्दै अन्य विद्यार्थीका अभिभावकहरु समेत शिक्षकहरु प्रति थप आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

बाघ हेर्न गाभर भ्याली होमस्टे

वडाध्यक्षको गोली प्रहार गरी हत्या

प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

‘कुरा काटेको निहु’मा एकल महिलालाई पाँच लाख जरिवाना, पेमाले गाउँ छाडिन्

सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com