ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा शिक्षकको कुटाईबाट विद्यार्थी घाईते


bhawani desk
भाद्र २१, २०७५ बिहीबार   ३ : ३८   बजे

गुल्मी, २१ भाद्र । गुल्मीको मालिका गाउँपालिकामा रहेको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी बीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् ।

कुटपिटबाट शक्त घाईते बनेका एक विद्यार्थीको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको छ । उक्त विद्यालयका शिक्षकहरु खुमलाल पन्थी र हिमाल घर्तिले विद्यार्थीहरुमाथि कुटपिट गरेको र कुटपिटबाट विद्यार्थीहरु घाईते बनेको विद्यार्थीका अभिभावकहरुले बताएका छन् ।

कुटपिटबाट शक्त घाईते बनेका सोही विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी नविन अर्यालको अहिले पाल्पा प्रवासमा उपचार भईरहेको छ । उनको शरिरका विभिन्न भागमा निला डामहरु रहेको र टाउकोको बाहिरि भागमा चोट नदेखिए पनि भित्री भागमा केही अशर पुगेको बताईएको छ ।

नबिन अर्यालको अवस्था अहिले सामान्य बन्दै गएको अस्पतालले जनाए पनि उनी बीच –बीचमा झस्किने र आबेगमा आउने गरेको प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो । अर्यालका अनुसार शिक्षकहरुले नियतबस नभई राम्रैका लागि भए पनि अहिलेको समयमा दण्ड रहित शिक्षाको कमि भएको बताउनुभयो । विधार्थीको उपचार पछि विधालय व्यवस्थापन समितिको बैठक बसि यसबारेमा केही निर्णय लिईने उहाँको दाबी छ ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष देबीराम अर्याल र प्रधानाध्यपक कमल प्रसाद अर्याल लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पाल्पामा विधार्थीको उपचारमा रहेको प्रअ अर्यालले बताउनुभयो ।

बुधवारदेखि सदरमुकाम तम्घासमा संचालन भएको अनेरास्ववियू फुटवल कप २०७५ मा भाग लिनका लागि उक्त विद्यालयका विद्यार्थीहरु सदरमुकाम तम्घास जान पाउनु पर्ने र उक्त प्रतियोगितामा भाग लिन जाने सम्पूर्ण विद्यार्थीहरुको सबै खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएर विद्यालय प्रशासन र विद्यार्थीहरु वीच विवाद उप्पन्न भएको बताईएको छ ।

शिक्षक र विद्यार्थीबीच उत्पन्न विवादले चर्को रुप लिन थालेपछि विद्यालयले मंगलवार विद्यार्थीका अभिभावकहरुलाई पत्रकाटि छलफलका लागि बोलाएको र अभिभावकहरु छलफलका लागि विद्यालय नपुग्दै विद्यार्थीहरुलाई प्राथना सकिए लगत्तै उक्त शिक्षकहरुले उनीहरुलाई कुटपिट गरेर कक्षा कोठामा थुनेको अभिभावक संघका सदस्य तेज नारायण अर्यालले बताउनुभयो ।

शिक्षकले विद्यार्थीहरुलाई कुटपिट गर्नु गलत भएको भन्दै अन्य विद्यार्थीका अभिभावकहरु समेत शिक्षकहरु प्रति थप आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group