ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट तेस्रो किस्ता असार मसान्तसम्म लिन सक्ने निर्णय


bhawani desk

काठमाडौं २१ भाद्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि सरकारबाट पाउने अनुदानको तेस्रो किस्ता चालु आर्थिक वर्षको अन्तिमसम्म लिन सक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले तेस्रो किस्ता चालु आर्थिक वर्षको अन्तिमसम्म लिन सक्ने निर्णय गरेको हो ।

शहरी क्षेत्र, विपन्न वर्ग, बस्ती स्थानान्तरण तथा परम्परागत बस्तीको बाहेकका निजी आवास चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने र त्यसका लागि अन्तिम किस्ता रकम असार मसान्तसम्ममा प्राप्त गर्न सक्ने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले स्थानीय स्तरबाट आउने गुनासो सुन्ने, अनुगमन गर्ने र आवश्यक कारबाहीका लागि प्राधिकरण समक्ष सिफारिस गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको छ ।

यसअघि जिल्लाले सिफारिस गर्ने गरेकोमा अब स्थानीय तहले सिफारिस गर्ने र जिल्लाले अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

त्यस्तै बैठकले आफ्नै जमिन नभएका भूकम्प पीडितलाई स्थानीय तहको सिफारिसअनुसार बस्ती स्थानान्तरणको सुविधा उपबल्ध गराउने र आवास निर्माण थाल्ने निर्णय पनि गरेको उहाले जानकारी दिनुभयो ।

बैठकले पुनर्निर्माणमा खटिएका सम्पूर्ण कर्मचारीलाई प्राधिकरण मातहत ल्याउने निर्णय पनि गरेको छ । ज्ञवालीले पुनर्निर्माणको मध्यावधी मूल्यांकन जारी रहेको र आगामी दिनमा वित्त योजना बनाएर काम अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

डोनाल्ड ट्रम्प भन्छन् : उनले आफ्नो शत्रु सार्वजनिक गर्नेछन्, नागरिकहरू विरुद्ध  सैनिकहरूले राजनीतिको खेल खेल्छन्।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com