ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट तेस्रो किस्ता असार मसान्तसम्म लिन सक्ने निर्णय


bhawani desk
भाद्र २१, २०७५ बिहीबार   ३ : ११   बजे

काठमाडौं २१ भाद्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि सरकारबाट पाउने अनुदानको तेस्रो किस्ता चालु आर्थिक वर्षको अन्तिमसम्म लिन सक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले तेस्रो किस्ता चालु आर्थिक वर्षको अन्तिमसम्म लिन सक्ने निर्णय गरेको हो ।

शहरी क्षेत्र, विपन्न वर्ग, बस्ती स्थानान्तरण तथा परम्परागत बस्तीको बाहेकका निजी आवास चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने र त्यसका लागि अन्तिम किस्ता रकम असार मसान्तसम्ममा प्राप्त गर्न सक्ने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले स्थानीय स्तरबाट आउने गुनासो सुन्ने, अनुगमन गर्ने र आवश्यक कारबाहीका लागि प्राधिकरण समक्ष सिफारिस गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको छ ।

यसअघि जिल्लाले सिफारिस गर्ने गरेकोमा अब स्थानीय तहले सिफारिस गर्ने र जिल्लाले अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

त्यस्तै बैठकले आफ्नै जमिन नभएका भूकम्प पीडितलाई स्थानीय तहको सिफारिसअनुसार बस्ती स्थानान्तरणको सुविधा उपबल्ध गराउने र आवास निर्माण थाल्ने निर्णय पनि गरेको उहाले जानकारी दिनुभयो ।

बैठकले पुनर्निर्माणमा खटिएका सम्पूर्ण कर्मचारीलाई प्राधिकरण मातहत ल्याउने निर्णय पनि गरेको छ । ज्ञवालीले पुनर्निर्माणको मध्यावधी मूल्यांकन जारी रहेको र आगामी दिनमा वित्त योजना बनाएर काम अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group