ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा प्रभावकारी बन्दै सुनौलो हजार दिन


bhawani desk

कञ्चनपुर, ,२१ भाद्र ।  कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ ।

आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताउनुभयो । चार पटक गर्भवती जाँच, आइरन चक्की तथा जुकाको औषधि खुवाउने र दुई वर्ष मुनिका बच्चालाई खोप लगाउने कार्य गरिँदै आएको छ ।

दुई वर्षअघिदेखि सञ्चालित कार्यक्रमको प्रभावकारिताका कारण गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुँदै आएका छन् । “आइरन चक्की र जुकाको औषधि सेवनले महिलामा रक्त अल्पताको समस्या हटेको छ” शाखा प्रमुख भट्टले भन्नुभयो ।

आमा र शिशुको स्वास्थ्य राम्रो राख्न कार्यक्रमले सघाउ पु¥याएको उहाँको भनाइ छ । स्तनपान गराउने महिलाको सङ्ख्या विगतको तुलनामा बढेको छ । दुई कुपोषण उपचार केन्द्रमार्फत २३ महिना मुनिका अति कुपोषित बालबालिकालाई औषधियुक्त खानाको माध्यमबाट उपचार गर्ने व्यवस्था गरिएको छ । औषधियुक्त खानाको माध्यमले कुपोषित बालबालिका स्वस्थ हुन थालेका छन् ।

वडावडामा स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले स्वास्थ्य इकाई स्थापना अगाडि बढाएको छ । गत वर्ष वडा नं २, ८, १२ र १८ मा स्वास्थ्य इकाई स्थापना गरेको नगरपालिकाले यस वर्ष वडा नं ३, ११, १३ र १५ मा स्थापना गर्ने बताइएको छ ।

प्रत्येक इकाईमा स्वास्थ्य सहायक (एचए) को व्यवस्था गरी उपचारात्मक तथा प्रर्वद्धनात्मक सेवा प्रदान गरिने योजना छ । नगरपालिकामा हाल छ नगर स्वास्थ्य केन्द्र, एक स्वास्थ्य चौकी र दुई बर्थिङ्ग सेन्टर सञ्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com