ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थप तीन टाइटल सहित ‘मिस्टल मोडल अफ द वल्र्ड’ बने दिक्पाल


admin

म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वल्र्ड २०१८ को टाइटल जितेका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए ।

दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते ।

दिक्पालले यस अघि थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com