काठमाडौ, १९ भाद्र । राष्ट्रिय अर्थतन्त्रको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन व्यवसाय नेपालको समृद्धिको आधार स्तम्भ पनि हो । किनकी, प्राकृतिक सम्पदाको बरदान रहेको नेपालले अलिकति बुद्धी पुर्याउन सक्ने हो भने पर्यटन व्यवसायमार्फत कुल ग्राहस्थ उत्पादन जीडीपीको पारो माथि उकास्न समस्या छैन । विश्वलाई थाहा छ, नेपाल विश्वमै परिचित प्रमुख पर्यटन गन्तव्य स्थल हो । ट्रिप एड्भाइजर, लोन्ली प्लानेट, विजनेश इनसाइडर, सीएनएन, बीबीसी जस्ता पर्यटनसम्बद्ध अन्तराष्ट्रिय एजेन्सी र संचारमाध्यमहरुको नजरमा नेपाल हरेक वर्ष कतै न कतै परिरहेको हुन्छ । नेपालले पर्यटन प्रवद्र्धनका लागि मार्केटिङ गर्न जान्ने हो भने लाखौं विदेशी खर्चालु पर्यटक भित्र्याउन समस्या पर्दैनथ्यो ।
हुन त, वर्षौसम्मको सम्मको राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व र संक्रमणकालले थलिएको मुलुकले पर्यटन मात्र होइन, कुनै पनि विषयमा तरक्की गर्न सकेन । राजनीतिक दल र नेताहरुको स्वार्थकेन्द्रित गतिविधिकै कारण राष्ट्रलाई तन्नम बनाइयो । तर, यति हुंदाहुंदै पनि प्रकृतिको बरदानलाई कसैले छेक्न सकेन । नेपालको पर्यटन यस्तो व्यवसाय बन्यो, जसले देश संक्रमणकाल र द्वन्द्वमा परिरहंदा पनि विदेशमा चिनाउने यौटा मात्र माध्यम बन्यो । झण्डै ६ महिनादेखि देश राजनीतिक स्थिरतामा प्रवेश गरेको छ । अबको बाटो विकास र सम्बृद्धि मात्र रहेको छ । र, यसको महत्वपूर्ण कम्पोनेन्टमा पर्यटन व्यवसाय पनि रहेको छ ।
नेपालका अनुपम सौन्दर्यको मजा लिन दिनप्रतिदिन बिदेशी पर्यटकको संख्या बढ्दो छ । बिडम्बना तिनै पर्यटकलाई धान्न सक्ने नेपालको संरचना नहुदा पर्यटकहरुको संख्यामा सोचे अनुसार बृद्धि गर्न सकिएको छैन । बिदेशी पर्यटक भित्राउन आवश्यक पुर्वाधारहरु अझै पनि बनिसकेका छैनन् । जति बन्दैछन्, असाध्यै धिमा गतिमा बन्दैछन् ।
लामो समय द्वन्द्व र राजनीतिक संक्रमणबाट देश गुज्रिए पनि अब दुई तिहाईको शक्तिशाली सरकारको निर्माण संगै देश आर्थिक विकासको गतिमा दौडिने पर्खाइमा छ । सबै राजनीतिक दलहरुको साझा नारा नै आर्थिक विकास र समृद्धि रहेको छ । विकास र सम्बृद्धिको महत्वपूर्ण आयामको रुपमा रहेको पर्यटन व्यवसायलाई मात्र गतिलोसंग अघि बढाउन सक्ने हो भने यो उद्देश्य हासिल गर्न समस्या पर्दैन । तर, हामी यति भन्दै गर्दा, बिदेशी पर्यटकलाई लोभ्याउन पुर्वाधारहरु, होटल, रिर्सोट, बाटोघाटो, नया“ गन्तब्यस्थलको खोजी र प्रचारको कमी यथावत छ । जसको अभावमा पर्यटन क्षेत्रको विकास असम्भव छ । विदेशी पर्यटकले नेपालमा हवाई मार्गबाट आउंदा एयरपोर्टदेखि नै तनाब व्यहोर्न बाध्य हुनुपरेको छ भने सडकमार्गबाट आउनेहरुले सीमा नाका छिरे पछि नै सहज यात्रा गर्न सक्दैनन् । उडेर जाउ“ विमानस्थल खराब, मौसम खराब † गुडेर जाउं सडक बाटो खराब । जस्का कारण पर्यटकले आफुलाई सुरक्षित महशुस गर्न सकेका छैनन । तै पनि नेपालको इज्यत धान्दिन केही लाख पर्यटकहरु यहां आइ नै रहेका छन् ।
केपी ओली नेतृत्वको बलियो सरकारले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भनेको छ । हामी आशावादी बनौं, सरकार र यसका मन्त्रीले दाबी गरेजस्तै पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न पाओस । तर ब्यवहारिक रुपमा यसको कार्यन्वयन हुन सकेको अझै पनि देखिएको छैन । हाल नेपालमा २ दशमलव ८३ जीडीपी पर्यटन क्षेत्रबाट आईरहेको छ जुन अत्यन्तै न्युन हो । हालसम्म नेपालमा कति पर्यटकहरु आएर, गए भन्ने सहि तथ्यांक राख्ने उपयुक्त प्रणाली समेत ब्यवस्था हुन सकेको छैन । हालसम्म गणना गर्ने विशेष विधि नै नभएको स्वीकार गर्छन् पर्यटन मन्त्री रवीन्द्र अधिकारी ।
बिशेष त विदेशी पर्यटकहरुको लागि हवाइ उडान महत्वपुर्ण हो । नेपालमा पाईला टेक्नको लागि । तर तिनै उडान र एयरपोर्टका समस्याका कारण पर्यटकहरुले नेपालमा आफ्नो बसाई लम्ब्याउन सक्दैनन् । त्यस्तै नेपालमा छिमेकी मुलुकबाट सडकको बाटो हु“दै आउने जाने पर्यटक संख्याको सही जानकारी र रेकर्ड राख्ने ब्यवस्थासमेत हुन सकेको छैन । सडकमार्गबाट केही घण्टाको लागि नेपाल प्रवेग गर्ने विदेशी नागरिकलाई पर्यटक भन्ने की नभन्ने सवालको यथावत छ ।
यद्यपी पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले भने हवाई मार्ग र स्थल मार्गहुंदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको लागत राखिरहेको छ । नेपालमा रहेका विश्वसम्पदा सुचीमा रहेका धार्मीक पर्यटक स्थलहरु पर्यटकहरुको लागि चाहिने पुर्वाधारहरुकै अभावमा पर्यटकले सास्ती सास्ती खेप्नु परेको पूर्वपर्यटनमन्त्री तथा कर्णाली प्रदेश सांसद जीवनबहदुर शाही बताउ“छन् ।
पर्यटन क्षेत्रको विकास एउटा मन्त्रालयले बनाएको योजनाबाट मात्रै सम्भवन हुने र मन्त्रालयबीच समन्वय हुन नसक्ने बिडम्वनाका कारण पनि पर्यटनको विकासले गतिलिन नसकेको पुर्वपर्यटन मन्त्री शाहीको अनुभव छ ।
पर्यटन विकासकै लागि उडान समस्या समाधान गर्न नेपाल वायु सेवा निगमले वाइड वडी विमान खरीद गरेको छ, तर ती विमान पनि राम्रोसंग चल्न सकेका छैनन् । निगमभित्र भ्रष्टचार र कमीशनकै खेल चलिरहेको छ । जसलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी चलखेल भएको स्विकार्छन ।
नेपाल जलस्रोत, कृषि तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण देश हो । विश्वकै उच्च हिमालदेखि पुर्व मेचीदेखि पश्चिम महकाली सम्मका दृश्यहरुले पर्यटकको मन लोभ्याउंछ । सरकारले पर्यटन विकासको लागि क्षेत्र विस्तार गर्न सकेको छैन । अझै पनि राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा स्थापित गर्न सकेको छैन । यतिबेला भिजिट नेपाल २०२० मार्फत २० लाख पर्यटक नेपाल भित्राउने योजनामा नेपाल सरकार ,पर्यटन मन्त्रालय तथा पर्यटन क्षेत्र लागिरहंदा । नेपालमा रहेको कृषि पर्यटन, जल पर्यटन सवास्थ्य तथा आयुर्वेदिक पर्यटन क्षेत्रलाई सरकारले समेट्न सकेको छैन । पर्यटन नीति पर्यँप्त नभएको नेपाल पर्यटन बोर्डका अध्यक्ष दिपकराज जोशीको भनाई छ ।
पर्यटन बोर्डको पर्यटन ब्यवसायीहरु र संस्थाहरुसंग समन्वय राम्रो छ भनेर पर्यटन बोर्डले दाबी गरेपनि केहि ब्यवसायीहरुको भने बोर्डप्रति नै असन्तुष्टी छ । पर्यटकहरु नेपाल आउंदा रिलिफको लागि योगा स्पा मेडीटेशन गर्न चाहन्छन् । तर छुट्टै ब्यवस्था छैन । योगा संसथा संञ्चालन गर्नको लागि होटलको नाममा दर्ता गर्नुपर्ने बाध्यता रहेको योगा एशोशियसनका अध्यक्ष मोहन लम्सालको दुखेसो छ ।
बिदेशी पर्यटकले एयरपोर्ट झरेपछि टेक्ने पहिलो पाईला पर्यटक सवारी यातायातको संख्या हाल ३२ हजारको हाराहारीमा रहेको छ । पर्यटक यातयातका लागि पार्किङ तथा करको समस्या रहेको र ठोस नीति नरहेको पर्यटक यातयात ब्यवसायी संघका अधयक्ष रामशरण कार्कीको भनाई छ ।
हालसम्म पर्यटन क्षेत्रलाई उद्योगको रुपमा बिस्तार गर्न नसक्नु र सम्भावना भएका क्षेत्रलाई समेट्न नसक्नु बिडम्वना भएको पर्यटन ब्यवसायी राजन सिम्खडा बताउ“छन् । यता एकेडेमिक रुपमा माउन्टेनियरिङ बिधालाई पनि सशक्त बनाउन नसकिएको नेपाल माउन्टेनेन एकेडेमीका पुर्व निर्देशक लाक्पा फुटी शेर्पा र बर्तमान निर्देशक रोमनाथ ज्ञवालीको गुनासो रहेको छ । नेपाल पर्वतारोहण महासंघका पुर्व महासचिव ठाकुरराज पाण्डे दुई तिहाईको सरकारले दम्भ नदेखाई पर्यटन क्षेत्र विस्तार गर्नुपर्ने सुझाउ“छन् । ट्रेकीङ एजेन्सीज एसोसियसन टानका अध्यक्ष नवराज दाहालका अनुसार नेपालमा ट्रेकिङ रुटको नया“ गन्तब्य स्थान पहिचान गर्न नसकिएको र पर्यटन क्षेत्रमा कर छलीको समस्या रहेको छ ।
यता होटल एशोशीयसनका महासचिव विनायक शाह राष्ट्रिय मान्यता प्राप्त उद्योग पर्यटन क्षेत्रलाई बनाउनुपर्ने बताउ“छन । डेनमार्कका अवैतानिक बाणिज्य दुत हरी खरेल पर्यटन क्षेत्रको विकास गर्न नेपालमा नियमित उडानकै समस्या रहेको बताउ“छन् ।
नेपालको पर्यटन क्षेत्रको पुर्वाधार तयार गरिरह“दा अझै पनि सीमित क्षेत्रबाहेक अन्य क्षेत्रमा नजर लगाउन सकेको छैन । नेपालमा रहेका पर्यटनको लागि नया“ गन्तब्यस्थल ट्रेकिङ रुट धार्मिक स्थल, सांस्कृतिक पर्यटन, खेल पर्यटन, जडीबुटी, चराचुरुङगी लगाएत धेरै क्षेत्रहरु खेर गैरहेको छ । पर्यटनसम्बद्ध व्यक्तित्वहरुले दिएका सुझावलाई गम्भीरतापूर्व लिन सक्ने हो भने पर्यटन विकास गर्न सकिन्छ ।
रोजगारी, आयश्रोत, विश्वमा पहिचान विकास र समृद्धिको आधार पर्यटन नै हो । अन्तराष्ट्रिय स्तरमा पर्यटन आधार हेर्ने हो भने सबै बनावटी हुन्छन् । नेपालमा सबै प्राकृतिक रुपमा पर्याप्त आधारहरु छन् । तैपनि मात्र विश्कै उच्च हिमाल सगरमाथा र बुद्ध भगवानको जन्मस्थलबाहेक अरु कुराको पहिचान सशक्त रुपमा हुन सकेको छैन । भएकै संरचनाहरुको निर्माण भएको छैन । यसैबीच भिजिट नेपाल २०२० आईरहेको छ । सरकारले भीजिट नेपाल २०२० बाट जीडीपी १० प्रतिशत पुर्याउने लक्ष्य राखेको पर्यटन मन्त्री रवीन्द्र अधिकारीको भनाई छ ।
यसका लागि, हवाई मार्ग र स्थल मार्गको द्रुत गतिमा विकास गर्ने काम भैरहेको पर्यटन मन्त्री अधिकारी बताउछन् । समृद्धिको आधार पर्यटन विकासको लागि बजेटको कमी नभएको र सरकार पुर्वाधारमा लागिरहेको पर्यटनमन्त्री अधिकारीको भनाई छ । पर्यटनमन्त्री अधिकारीले पर्यटन विकासको लागि निजी क्षेत्रको लगानी हुनुपर्ने जिकिर गर्छन । पुर्वपर्यटन मन्त्री जीवनबहादुर शाही भने सरकारले पर्यटन नीतिलाई ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।
पर्यटकको लागि सुबिधायुक्त होटलको लागि निर्माण कार्य तिब्र बनाउनुपर्ने भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा पर्यटन क्षेत्र बनाउनुपर्ने माग राख्छन्, होटल एसोसिएसनका महासचिव विनायक शाह । एउटा मन्त्रालयले मात्रै नीति नियम बनाएर पर्यटनको विकास नहुने भएकोले वन मन्त्रालय, भौतिक पुर्वाधार लगायत सबै मन्त्रालयसंग समन्वय गरेर अगाडि बढ्नुपर्ने पुर्व सचिव सुरेशमान शाक्यको भनाई छ । नेपाल पर्यटन बोर्डका अध्यक्ष दीपकराज जोशीले सबै क्षेत्रसग समन्वय गरेर अगाडि बढ्नुपर्ने सुझाउंछन् । पर्यटन ब्यवसायीहरुले ब्यवसायमा अनावश्यक कर तिनुपर्ने र सो कर प्रणालीलाई ब्यवस्थित बनाउन र छुटेका बिषयहरुलाई समेट्ने प्रतिबद्धता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको छ ।
भीजीट नेपाल २०२० को अवधारणा र पर्यटकको संख्या बृद्धि गरी नेपालको समृद्धि र आयश्रोत बृद्धि गर्न असम्भव छैन । तर, द्रुत गतिमा पुर्वाधार, बाटोघाटो एयर कनेक्टीभीटीको विकास र नयां गन्तव्यहरु पहिचान गर्न सकियो भने विदेशी पर्यटकको नजरमा नेपाल पर्नलाई समस्या पर्नेछ्रैन ।
प्रतिक्रिया दिनुहोस्