ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुँदै


bhawani desk
भाद्र १९, २०७५ मंगलबार   १० : ५२   बजे

ताप्लेजुङ,१९ भाद्र । सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ ।

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो । जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न यही भदौ २२ देखि २४ गतेसम्म महोत्सव हुने सो गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो ।

महोत्सवको माध्यमबाट उक्त क्षेत्रमा रहेका सिदिङ्वा धाम, सुन्दर ढङ्ढङे झरना, कालीपोखरी, हात्ती ढुङ्गालगायतका रमणीयस्थलको प्रचार–प्रसारमा सहयोग पुग्नेछ । तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा तथा ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै सो ठाउँ पुग्न सकिन्छ ।

तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनौँ पोखरी रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ ।

उक्त क्षेत्र चार हजार ४८१ मिटरको उचाइमा रहेको छ । स्थानीयवासी गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको हो । लिम्बू भाषामा ते भनेको बन्दुक र बुङ भनेको पड्एिको आवाज हो । पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने तथा पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group