ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन”अमर” सृजना साँझ-२०७५ सम्पन्न


एबीसी न्यूज

काठमाडौं, १७ भाद्र ।  नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहेर निरन्तर भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवं साहित्यकार “सुरेन्द्र महर्जन”अमर” एकल सृजना साँझ-२०७५” सम्पन्न भयो ।

ओ.एस नेपालको प्रस्तुति अप्सराजको इभेण्ट तथा जिम्मामा आयोजक एसियन गजल लाउन्ज एण्ड बार सुमेरु मार्ट सातदोबाटो, ललितपुरमा आयोजना भएको उक्त कार्यक्रम सुरेन्द्र महर्जन”अमर” द्वारा रचना गरिएको एक दर्जनभन्दा बढी गीतहरू विभिन्न गायक/गायिकाहरूबाट कार्यक्रममा गायन प्रस्तुत गरिएको अनि अमरद्वारा रचना गरिएको गीतहरूक म्युजिक भिडियो देखाइएको र स्वयं रचनाकार सुरेन्द्र महर्जन”अमर” द्वारा आफै बनाइएका चित्रकारीताका विभिन्न सृजनाका आर्टहरू, उहाँद्वारा रचित एवं गाइएको गीतहरू, कविता, हाइकु, तान्का, मुक्तक, उपन्यासका पंक्तिहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा एन शाक्य, संगीता रायमाझी, सोनी राजभण्डारी, ईन्टरटेनर राजु श्रेष्ठ, सुरेन्द्र महर्जन, मुना रोक्का, बबी दाहाल लगायत एक दर्जनभन्दा बढी गायक/ गायिकाहरूबाट कार्यक्रममा अमरद्वारा रचना गरिएका गीतहरू अन्जु पन्त, मिलन अमात्य, शिव परियार, बानीका प्रधान, रिमा गुरुङ होडा, महेश सेवा, योजना पुरी, सुमित्रा सुनुवार, सविन लिम्बु, मदनकृष्ण श्रेष्ठ, सोनी राजभण्डारी, राम अवाले, सुरेन्द्र महर्जन, दिना थामी, रमण थामी, शान्ता कार्की, रानु कार्की, कर्म ग्याल्छेन बम्जन, ममता पोखरेल गौतम, शिखा भारती, राजु श्रेष्ठ, लगायतका एक दर्जनभन्दा बढी गायक/गायिकाहरूबाट अमरका रचनामा गायिएका सुन्दर गीतहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो । सृजनाकार अमरका सुन्दर चित्रण कार्यक्रम स्थलमा प्रदर्शनी गरिएको थियो भने गायक/गायिका मात्रले मात्रै नभै कार्यक्रममा उपस्थित साहित्यकारहरूले अमरद्वारा रचना गरिएका गीत, कविताहरू उद्घोषण गरिएको थियोे ।

साहित्यकार, गीतकार एवं पत्रकार पुष्पराज बुढाथोकी”साँउतेली” ले अमरका विषयमा आफ्नो मन्तव्य राख्दै कहिल्यै नथाक्ने जहिल्यै पनि अगाडि बढ्ने समय जस्तो समयको संज्ञा दिंदै अमरको उज्ज्वल भविष्यको कामना गर्दै अमरकै सृजना प्रस्तुत गर्नु भयो । ओ.एस नेपालको तर्फबाट विवेक कार्कीले जो हार्दैन उसैले बाजी जित्ने कुरामा दुई मत नभएको बताउनु भयो ।

किन भने विगत तिन दशकभन्दा बढी साहित्य सृजना, चित्र लेख्न मात्र नभएर गायनमा पनि उतिकै सुन्दर आवाज दिने अनि अहिले आएर बन्दै गरेको नेपाली कथानक गीति चलचित्रमा आफ्नो प्रतिभा स्वरुप अभिनय पनि गरिसकेका साहित्यकार, कवि, गीतकार एवं गायक अमरले ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट सम्मान गरिएको र उहाँकै रचनाका तीन कृति अमर-२ (गीति एल्बम), मतिनाया खँ (नेवारी गीति एल्बम) र अदभूत (उपन्यास) ओ.एस नेपालद्वारा प्रकाशन गरेको पनि जानकारी दिनु भयो । कार्यक्रममा सुरेन्द्र महर्जनले अब चाँडोभन्दा चाँडै अब १९ औं कृति लिएर फेरि पाठक माझ प्रस्तुत हुने जानकारी पनि गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com