ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशिया कप छनोट क्रिकेटमा नेपालको पहिलो जित


bhawani desk

काठमाडौं,१६ भाद्र । एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो ।

मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई, सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । मलेशियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२, भिरनदीप सिंहले २१, मोहम्मद रम्लीले १३ र सरभिन मुनियान्डीले १० रन बनाए ।

ययअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा दिपेन्द्रसिंह ऐरी र अरिफ शेषको अर्धशतकको मद्दतले सात विकेटको क्षतिमा १८८ रन बनाएको छ ।

नेपालका लागि कप्तान पारस खड्काले १३, अनिलकुमार साहले १६, दिपेन्द्रसिंह ऐरीले ५४, ज्ञानेन्द्र मल्लले ११, अरिफ शेषले नटआउट ६४ रनको योगदान गरे । खेल शुरु हुनुअघि बिहान भारी वर्षा भएपछि खेल ३० ओभरमा झारिएको थियो ।

नेपाल यसअघि १३ भदौमा ओमानसँग र १४ भदौमा युएइसँग पराजित भएको हो । मलेशियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । आजको जितसँगै महत्वपूर्ण दुई अङ्क समेत जोडेको छ । नेपालले अब आइतबार सिङ्गापुरसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

आईपीएल क्रिकेटमा दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई ३८ रनले हरायोः आज बेङ्गलुरु र चेन्नईको खेल

नवौं पोखरा स्पोर्ट्स अवार्ड : चार वटा विधामा मनोनयन सार्वजनिक

च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो लेगमा पीएसजीले आर्सनललाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com