ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किवानिज शैक्षिक सम्मेलन पोखरामा हुदैँ


bhawani desk


पोखरा, १६ भाद्र । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन शुरु भएको छ ।

शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको उद्घाटन गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनलले बार्षिकरुपमा क्लवका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले १ सय बढि सहभागिलाई क्लव निर्माण, अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमेलबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

उहाँले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताउनुभयो ।

सम्मेलनका संयोजक तथा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले शैक्षिक सम्मेलनमा क्वलका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अनिर्वाय उपस्थिति भएको जानकारी दिनुभयो ।

उहाँले सम्मेलन मार्फत् आगामी बर्षका लागि चयन भएका किवानिज क्लवका पदाधिकारीलाई क्लवको गतिविधिलाई अनलाइन पोर्टल मार्फ्त अद्यावधिक गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष सुजनकुमार श्रेष्ठले हाल नेपाल भित्र २५ वटा किविनिज क्लवमा ७ सय भन्दा बढि सदस्य आवद्ध रहेको उल्लेख गर्नुभयो । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौं ।

यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गदैँ आएका छौं’ उहाँले भन्नुभयो ।

यस्तै किवाजि इन्टरनेशनल सिन्धुपाल्चोक क्लवका अध्यक्ष सुजित बस्नेतले शैक्षिक सम्मेलनले क्लवका पदाधिकारीको सिप र प्रविधि विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सिन्धुपाल्चोक क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम गदै आएको जानकारी दिनुभयो ।

किवानिज चिल्ड्रेन फन्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा १ करोड राशिको किवानिज चिल्ड्रेन फन्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताउनुभयो । उहाँले यसरी बन्ने उक्त कोष मार्फत् क्यान्सर पिडीत बालबालिका राहत कार्यक्रम, विपद् व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

सरकार यही ढंगले अघि बढे बर्खापछि ठुलो जनविद्रोह हुन्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाको संयुक्त अभिनन्दन

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com