ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग


bhawani desk

बागलुङ, १४ भाद्र । हालै लागू भएका मुलुकी (फौजदारी) र (देवानी) संहिता २०७४ का कतिपय प्रावधानले प्रेसको अधिकारलाई अंकुश लगाउने देखिएको भन्दै त्यसलाई सच्याउन यहाँको प्रेस जगत् र सरोकार भएका पक्षले माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको ‘मुलुकी संहिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा संविधानमै मौलिक हकका रुपमा व्यवस्था भएको सूचना र सञ्चारको हकको प्रतिकूल हुने गरी कानून बन्न नहुने नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुभयो ।

उहाँले नयाँ कानूनले भय नभई आशङ्का जन्माएको भन्दै त्यसलाई संशोधन गरी प्रेसमैत्री बनाउन माग गर्नुभयो ।

उच्च अदालत बागलुङ बारका अध्यक्ष केशवराज पराजुलीले फौजदारी र देवानी संहिताले व्यक्तिको स्वतन्त्रतालाई महत्व दिएको बताउनुभयो ।

उहाँले प्रेस जगत् आत्तिहाल्नु पर्ने अवस्था नभएको भन्दै प्रेस प्रतिकूल देखिएका प्रावधानलाई संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । “व्यक्तिको स्वतन्त्रता र गोपनीयतालाई कानूनले विशेष जोड दिएको छ”, उहाँले भन्नुभयो, “सार्वजनिक थलोमा प्रेसलाई कहीँकतै बाधा छैन ।”

प्रेससम्बन्धी नयाँ बन्न लागेका सूचना र सञ्चारको हकलाई प्रेसमैत्री बनाउन राज्यलाई बेलैमा सुझाव दिनुपर्ने उहाँको भनाइ छ ।

नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले आवश्यकताको आधारमा कानून संशोधन हुन सक्ने भन्दै प्रेसको अधिकारलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । पत्रकार प्रकाश बरालले कानूनमा उल्लेख गरिएका कतिपय व्यवस्थाले खोज पत्रकारिता गर्न जटिलता थप्न सक्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सञ्चार जगत् पनि मर्यादित र राज्यप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गर्नुभयो । मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी संहिता ऐनमा भएको राज्यविरुद्धको कसुरसम्बन्धी केही व्यवस्था, गोपनीयता र गाली बेइज्जतीसम्बन्धी प्रावधानले प्रेस स्वतन्त्रतामा अंकुश लाग्न सक्ने देखिएको भन्दै पत्रकार महासङ्घलगायतका प्रेससँग सम्बन्धित सङ्घसंस्थाले ती बुँदा संशोधन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com