ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्याराग्लाइडिङमा पदकको सम्भावना


bhawani desk
भाद्र १३, २०७५ बुधबार  १२ : ३७ बजे

काठमाडौं १३ं भाद्र । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ ।

मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ ।

मङ्गलबारको खेल सकिँदासम्म नेपालको दुई हजार ७९८ अङ्क छ । पहिलो स्थानमा रहेको जापानको तीन हजार २९८ अङ्क तथा दुई हजार १९२ अङ्कसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।

नेपालले विगतमा एशियाली खेलकूदमा कराते, बक्सिङ र तेक्वान्दोमा पदक जित्दै आएपनि यसपालि पदकविहीन हुनु परेको छ । नेपालले प्याराग्लाइडिङबाट पदकको आश जगाएको छ ।

प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले नेपालले स्वर्ण पदकका लागि प्रयास गर्ने बताउनुभयो । चौथो चरणसम्म आइपुग्दा नेपालभन्दा अगाडि जापान मात्र छ ।

सोही स्पर्धाको महिलातर्फ नेपाल छैटौँ स्थानमा छ । नेपालको २१६ अङ्क छ । उक्त स्पर्धामा दक्षिण कोरिया पहिलो, जापान दोस्रो र आयोजक इण्डोनेसिया तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com