ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्वारानकै दिन किन मारिन आमाले छोरीलाई


एबीसी न्यूज

गोरखा, १३ भाद्र । ११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका–२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ ८ गते थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको छोरी टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् । बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् ।

उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो । त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् ।

बच्चा हराएको खबर पाएपछि भदौ ९ गते प्रहरीले रश्मी, उनका श्रीमान र सासुलाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्यायो । सोधपुछको क्रममा रश्मीले आफूले बारीमा गाडेको स्वीकार गरिन् । आफ्नी आमाले धम्की दिएकाले उक्त घटना गराएको बयान दिइन् ।

सबल भण्डारी र रश्मीको अन्तरजातीय विवाह थियो । उनीहरु परिवारको इच्छाविपरीत भागेर विवाह गरेका थिए । त्यही कारण माइती पक्षबाट पति र बच्चालाई मार्ने धम्की दिएको रश्मी बताउँछिन् ।
‘ममीले तेरो श्रीमान र बच्चा दुबैलाई मारिदिन्छु भनेर बारम्बार धम्की दिइरहनुहुन्थ्यो’ सोधपुछको क्रममा रश्मीले दिएको बयान उधृत गर्दै प्रहरीले भनेको छ । रश्मीको वयानको आधारमा प्रहरीले उनकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

गुरुङलाई १० भदौमा काठमाडौबाट नियन्त्रणमा लिएको प्रहरलिे जनाएको छ । प्रहरी टोली मंगलबार घटनास्थल पुगेको छ । खाल्डो खनेर हेर्दा बोराभित्र शिशु मृत अवस्थामा भेटिएको थियो ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिन्छाैँ – अर्थमन्त्री पौडेल

राष्ट्रिय सभामा बहसः मल व्यवस्थापनदेखि काठ आयात प्रतिस्थापनसम्म

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए – प्रधानमन्त्री

बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ

सुशासन नसुधारी पानी जहाज र मोनोरेलको सपना बेचेर मात्र हुन्न – मनीष झा

स्वास्थ्य बिमा विस्तार गर्न नसके राज्यले उपचारको दायित्व वहन गर्न सक्दैन- मन्त्री पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com