ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्


एबीसी न्यूज
फाल्गुन १५, २०८२ शुक्रबार  ३ : ४६ बजे

काठमाडौं, १५ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामान्य निर्वाचन नभएकाले जीवन–मरणका रूपमा लिएर काम गर्न आग्रह गरे ।‘यो विशिष्ठ प्रकृतिको निर्वाचन हो । यो निर्वाचन निरन्तरताको निर्वाचन नभएको हुनाले यसको विशेष चरित्र छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन २३ गतेको जेनजी आन्दोलनमा तत्कालीन सरकारले नरसंहार गरेपछि उत्पन्न परिस्थितिपछिको निर्वाचन हो ।’भदौ २४ गतेको विध्वंशमा देखिएको अर्को अतिवाद देशीविदेशी प्रतिक्रियावादीको चलखेलबाट भएको उनले टिप्पणी गरे ।

उनले भने, ‘यो २३ गते युवाहरूमाथि दमन गर्ने अतिवादी, अहंकारी र दम्भी, प्रवृत्ति र २४ गते विध्वंश गर्ने देशी, विदेशी प्रतिक्रियावादीविरुद्ध गरी दुइटा अतिवाद विरुद्धको चुनाव हो ।’दुवै प्रवृत्तिविरुद्ध नेकपा खडा भएको उनले दाबी गरे । ‘यसविरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ । र, तीनवटा प्रवृत्तिबिचमा जनमत संग्रहको रूपमा यो निर्वाचन हुँदैछ’, प्रचण्डले भने । त्यसकारण यो निर्वाचनलाई सामान्य रूपमा लिन नहुने उनले बताए ।‘यो राष्ट्र बचाउने, लोकतन्त्र बचाउने, हामीले लामो संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्ने निर्वाचन हो,’ संयोजक प्रचण्डले भने ।

यहीकारण यो निर्वाचनलाई जीवनमरणको रूपमा लिन पनि उनले नेताकार्यकर्तालाई आग्रह गरे ।‘राष्ट्र र राष्ट्रको स्वाधीनताको रक्षा गर्ने तथा प्राप्त अधिकारको रक्षा गर्न नै हामीले नेपाली कम्युनिस्ट पार्टी बनाएका हौँ । यो राष्ट्रको एकताको लागि पनि जरुरी थियो,’ उनले भने ।यो निर्वाचनमा आफ्नो पार्टीमात्रै एकताबद्ध रहेको र जनस्तरमा उभार देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी विजयी

अछाम–१ मा एमालेका बोगटी निर्वाचित

सम्बन्धित

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी विजयी

अछाम–१ मा एमालेका बोगटी निर्वाचित

३९१ महिला उम्मेदवार चुनाव लड्दा १४ जना मात्र संसद छिर्दै

समानुपातिक तर्फ ५० लाख मतगणना: रास्वपाको २४ लाख, अन्य दलको कति ?

१० हजार पृष्ठको प्रतिवेदन: ओली–लेखक कारबाही सिफारिस, तर विध्वंस प्रकरण अझै रहस्य

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com