ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू


एबीसी न्यूज
फाल्गुन १५, २०८२ शुक्रबार  ४ : ०८ बजे

काठमाडौं, १५ फागुन । निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्ना कार्यकर्तालाई सम्वेदनशील निर्देशन जारी गरेका छन्। पछिल्लो समय निर्वाचन निष्पक्ष हुनेमा उत्पन्न संशयबीच प्रचण्ड र सहसंयोजक माधव नेपालले संयुक्त रूपमा पार्टीका तल्लो कमिटीसम्म गोप्य परिपत्र पठाएका हुन्।

नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विशेष परिपत्र जारी गरिएको खुलासा गरे। बुथ कब्जा हुन सक्ने र मतपेटिका फेरबदल हुन सक्ने आशङ्का गर्दै उनले कार्यकर्तालाई २४ सै घण्टा पहरेदारी गर्न निर्देशन दिए।

परिपत्रबारे जानकारी दिँदै प्रचण्डले भने, परिपत्र मतदानसँग मात्रै सम्बन्धित छ। कसरी मतदाताहरूलाई मतदान केन्द्रसम्म सुरक्षित ढङ्गले लैजाने, अनि मतदान केन्द्रमा गएपछि कसरी मतदाताहरूलाई मतदान गर्न सहज, सफल र सही तरिकाले सिकाउने भन्नेदेखि बुथहरूको सुरक्षा र मतपेटिकाको सुरक्षासँग सम्बन्धित छ। उनले थप प्रष्ट पार्दै भने, उम्मेदवारका प्रतिनिधि र दलका प्रतिनिधिहरू पनि मतपेटिकासँगै रहने र मतगणना नहुने बेलासम्म मतपेटिका नछाड्न कडा निर्देशन छ।

प्रचण्डले केवल सुरक्षा मात्र होइन, चुनाव चिन्ह ुताराुबारे मतदाता अझै झुक्किन सक्ने भन्दै उनले घर–घरमा पुगेर सही छाप लगाउने तरिका सिकाउन भनेका हुन्। मतदातालाई हाम्रो चुनाव चिन्ह ताराबारे राम्रोसँग जानकारी गराउनुस्, सही तरिकाले मतदान गराउन सफल हुनुस्,ू प्रचण्डको कार्यकर्तालाई निर्देशन थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

सम्बन्धित

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

एमालेले देश बनाउने र राष्ट्रियताको पक्षमा अडान लिएको छ : ईश्वर पोखरेल

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छः गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com