ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियन गेम्स : नेपालको पदकविहीन यात्रा कायमै


एबीसी न्यूज

काठमाडौँ, १२ भाद्र ।  इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ ।

एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको छ ।

प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये ११ दिनसम्म आइपुग्दा ३६ मुलुककले पदक जित्न सफल भएका छन् । हालसम्म पदक तालीकामा चीनले सर्वाधिक ८८ स्वर्ण, ६२ रजत र ४३ कास्य गरी १९३ पदक जित्दै पदक तालीकाको शीर्ष स्थानमा रहन सफल भएको छ । चीनलाई पच्छ्याउँदै जापानले ४३ स्वर्ण, ३७ रजत र ५७ कास्यसहित १३७ पदक जितेको छ ।

दक्षिण कोरियाले २९ स्वर्ण, २७ कांस्य, ४३ रजत गरी १०९, आयोजक इन्डोनेसिया २२ स्वर्ण, १६ रजत र २८ कास्यसहित ६६ पद जित्न सफल भएको छ ।

त्यसैगरी इरानले १७ स्वर्ण, १५ रजत, १५ कास्य, चाइनिज ताइपेईले १२ स्वर्ण, १२ रजत र १७ कास्य, उत्तर कोरियाले १२ स्वर्ण, ६ रजत र सात कास्य, थाइल्याण्डले नौ स्वर्ण, १० रजत र ३३ कास्य, भारतले आठ स्वर्ण, १३ रजत र २० कास्य, काजाकिस्तानले सात स्वर्ण, आठ रजत र २९ कांस्य जित्न सफल भइसकेका छन् । आजसम्म १९४ स्वर्ण, २९४ रजत र ४०७ कास्य गरी ९९५ पदकको छिनोफानो भइसकेको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

आईपीएल: दिल्ली क्यापिटल्स टोलीमा ठूलो परिवर्तन

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

आईपीएल क्रिकेटमा दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com