ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार जित


एबीसी न्यूज

काठमाडौं, ११ भाद्र । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार जित हात पारेको छ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदान बिनाको सिजनमा पनि मड्रिडले ला लिगामा लगातार जित पारेको हो ।

आइतबार राति भएको खेलमा मड्रिडले जिरोनालार्य ४–१ ले हरायो । अवे मैदानमा भएको खेलमा रियल मड्रिड सुरुमा पछि परेको थियो । १६ औँ मिनेटमा बोर्जा गार्सियाको गोलबाट जिरोनाले अग्रता लियो ।

३९ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सर्जियो रामोसले रियल मड्रिडका लागि बरबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा रियल मड्रिडले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

रियल मड्रिडले ५२ औँ मिनेटमा पेनाल्टी पायो । त्यसलाई सदुपयोग गर्दै करिम बेन्जिमाले गोल गरे र रियल मड्रिडले २(१ को अग्रता लियो । ५९ औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै अग्रता बढाए ।

८० औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ४(१ ले विजयी भयो । लगातार दुई खेल जितेको मड्रिड ६ अंकसहित शीर्ष स्थानमा छ । लिग अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा स्पानियोलले भ्यालेन्सियालाई २(० ले हरायो भने सेभिल्ला र भिल्लारियलले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिन्छ : खेलकुदमन्त्री

पीएम कप भलिबल : महिलातर्फ एपीएफ र एभरेस्टको विजयी शुरुआत

आईपीएल: मुम्बई प्लेअफमा पुग्दा बाहिरियो दिल्ली

थाइल्यान्ड हराउन नेपाललाई १५९ रनको लक्ष्य

महिला टी–२० विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com