ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाको बलात्कार र हत्या ‘योजनाबद्ध’


एबीसी न्यूज
भाद्र ११, २०७५ सोमबार  ७ : ५६ बजे

कञ्चनपुर, ११ भाद्र । कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्।

‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’

निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही जटिल भए पनि अपराधी पत्ता लाग्नेमा उनी विश्वस्त छन्। सुरुमै घटनास्थलमा गएको भए एउटा माइन्ड सेट बनेर अनुसन्धान गर्न सहज हुने थियो तर अपराधी पत्ता लगाउने कुनै न कुनै आधार फेला पर्ने उनी बताउँछन्।

पोस्टमार्टम रिपोर्ट, नियन्त्रणमा लिएका रोशनी र बबिता बम दिदीबहिनीको घर, त्यो घरदेखि घटना गराइएको ठाउँसम्मको दुरीमा कुनै न कुनै प्रमाण फेला पर्ने उनको भनाइ छ।

‘घटनापछि अपराधीले केही न केही प्रमाण छोड्छ’, एसपी कडायतले भने, ‘पानी बगाएको ठाउँमा भए पनि केही न केही आधार पाइएला ।’ डिएनए परीक्षण र मोबाइलको कल डिटेल हेरेर पनि थप तथ्य खुल्नेमा उनी विश्वस्त छन्।

प्रहरीले शुक्रबार निर्मला पढ्न गएको घरका रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको छ। ‘अदालतबाट म्याद थप गरेर सोमबारदेखि उनीहरूसँग बयान लिन सुरु गर्नेछौं ।’ शनिबार र आइतबार बिदा भएकाले उनीहरूसँग बयान नलिएको उनले बताए।

घटनास्थलको सुरुको अवस्था थाहा पाउन अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानलाई अध्ययन गरिरहेको उनले बताए। यसअघिका प्रहरी उपरीक्षक ९एसपी० डिल्ली बिष्ट र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० टोलीले घटनाबारे अनुसन्धान गर्न आनाकानी गरेकाले स्थानीय बासिन्दाले महेन्द्रनगरमा प्रदर्शन गर्दै आएका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको दाबी– फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्छ

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com