काठमाडौं,९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले तिव्रत्तर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य हासिल गर्नेगरि कार्य गरिरहेको बताउनुभएको छ ।
शनिबार भक्तपुरको खरिपाटीमा मदन भण्डारी एसियाली बिद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुमत प्राप्त कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारको ध्यान मुलुकको समृद्धि र विकासमा केन्द्रित भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भावी पुस्तालाई नेपालको तिव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरि समृद्धिको लक्ष्य हासिल गर्न सक्रिय रुपमा लागि परेको बताउनुभयो । दुृई ठुला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरि भारत र चिनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा नेता बामदेव गौतमले नेपालमा दुईतिहाईको कम्युनिष्ट सरकार हुनु बिश्वकै महत्वपूर्ण घटना भएको बताउनुभयो ।
कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको समृद्धी र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएकाले यो जिम्मेवारीलाई पुरा गरि यस्ता चुनौतीको सामना गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्