काठमाडौं, ८ भाद्र । बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ ।
जिल्ला प्रशासन कार्यालय जाने बाटो (ट्राफिक चोक)मा प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएका बालकको नाम खुल्न सकेको छैन ।
प्रदर्शनकारीले मृतकको शवसहित प्रदर्शन गरिरहेका बेला प्रहरीले शव नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा राखेको छ । प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन् । जसमध्ये ३ जना अवस्था गम्भीर छ । घाइतेहरुलाई महाकाली अञ्चल अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्