ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको अभाव रहेको छ : मन्त्री अधिकारी


bhawani desk

काठमाडौं,८ भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनसम्बन्धी जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको अभाव रहेको बताउनुभएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई मानित पर्यटन विश्वविद्यालयको रुपमा विकास तथा सुदृढीकरण गर्न आयोजित अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रका विभिन्न विधालाई शैक्षिक र व्यावहारिक ज्ञानमा आधारित भई उच्च शिक्षा तथा मध्यम शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अधिकारीले सरकारलाई आर्थिकरुपमा भार नपर्ने गरी सार्वजनिक–निजी साझेदारीको स्वरुपमा पर्यटन अध्ययनसम्बन्धी विश्वविद्यालयको स्थापना अहिलेको आवश्यकता हो भन्नुुभयो ।

सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अन्तर्राष्ट्रिय तहको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको खाँचो औँल्याउनुभयो ।

विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विज्ञ तथा पूर्व प्रशासकले मुलुकमा परिवर्तित संरचनामा सबै प्रदेशमा पर्यटनको विकास गर्न विस्तृत अध्ययन गरेर यस किसिमको विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो ।

सन् १९७२ मा स्थापना भएको नाथममा अहिले स्नातक र स्नातकोत्तर तहमा होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिज्म, हस्पिटालिटी व्यवस्थापनलगायत विषयमा अध्ययन हुने गरेको नाथमका प्रिन्सिपल कृष्ण खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com