ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको नयाँ युगको शुरुआतः प्रधानमन्त्री ओली


एबीसी न्यूज

दमक, ७ भाद्र ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ ।

बुधवार झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ”

प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गर्नुभयो ।

“सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि हो”, उहाँले भन्नुभयो, “यस महान् अभियानमा सबै राजनीतिक दल र जनताको सकारात्मक सहभागिताको आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको चर्चा गर्दै “ अबको आफ्नो सबै समय देश र जनताका लागि लगानी गर्ने लक्ष्य लिएको छु भन्नुभयो ।”

आफ्नो कार्यकालमै पूर्व पश्चिम र उत्तरदक्षिण रेल गुडाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यसले छिट्टै आकार ग्रहण गर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शान्तिपूर्णरुपमा विरोध गर्न कसैलाई नरोक्ने तर अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेतर्फ दलहरुको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कृषिमा आत्मनिर्भर बनाउन सरकारले थुप्रै योजना तथा कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उहाँले सहकारीको माध्यमबाट कृषिलाई आधुनिकीकरण गरेर देशको विकास गर्न सकिन्छ भन्नुभयो ।

समारोहमा समृद्ध नेपालको परिकल्पनालाई सार्थक पु¥याउन सफलता मिलोस् भनी प्रधानमन्त्री ओलीलाई गौरादह नगरपालिकाले नगरवासीका तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो ।

गौरादह निवासी तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई समेत समारोहमा अभिनन्दन गरिएको थियो ।

समारोहमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com