ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हट अभिनेत्री सन्नी लियोनले नेपाली फिल्ममा काम गर्ने


एबीसी न्यूज

 

काठमाडौं, ६ भदौ – बलिउडकीहट अभिनेत्री सन्नी लियोनले नेपाली फिल्ममा काम गर्ने पक्का भएको पक्का भएको छ । उक्त फिल्ममा भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले सन्नीसँग स्क्रिन सेयर गर्दैछन् ।
प्राप्त जानकारी अनुसार करोड बढी भारतीय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’मा अनुबन्ध भएकी हुन् । सम्पुर्ण छायाँकन बेलायतको लण्डन आसपास हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् ।

यहि अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागी सन्नी लण्डन आउँदैछिन् भने शुक्रबार मात्रै अनुप प्रस्थान गर्नेछन् । छायाँकार तथा प्राविधिक सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । फिल्मलाई बिक्रम जोशीले निर्माण गर्न लागेका हुन् । बिक्रम फिल्ममा अनुप र सन्नीसँगै लिड अभिनयमा रहनेछन् ।

सन्निको नेपाली फिल्ममा अनुबन्धलाइ प्रष्ट्याउँदै बिक्रमले भने, ‘नेपाली फिल्मलाई नयाँ उचाइ दिन नेपाली र बलिउड कलाकारको फ्यूजन जोड्नको लागी नै सन्नीलाई लिएका हौँ, गुणस्तरिय फिल्म निर्माणमा चुनौती पनि छ तर त्यसलाई मैले अबसरको रुपमा लिएको छु ।’

यसअघि बेलायतमै सम्पुर्ण छायाँकन गरिएको एक नेपाली फिल्मको निर्माण तथा अभिनयमा समेत देखिएका बिक्रमले भोलीको दिनमा आफु नियमित रुपमा फिल्म मेकिङमा लाग्ने भन्दै नेपाली फिल्म स्तरियता र आधुनिकतामा फड्को मार्ने अवस्थामा रहेको हुँदा विदेश बस्ने नेपालीहरुको साथ पनि निरन्तर रहनुपर्ने बताए ।

अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन् । लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा फिल्म खिचिने बताइएको छ । २०१९ को सुरुवातीमा रिलिज तार्गेट गरिएको फिल्ममा सन्नीले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

सम्बन्धित

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com