ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथो खेलमा पनि सन्दिपको उत्कृष्ट प्रदर्शन, १३ रन खर्चिएर २ विकेट


एबीसी न्यूज

काठमाडौं, ६ भाद्र । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेविन प्रिमियर लिग (सीपिएल) मा आफ्नफ उच्च प्रदर्शनलाई चौथो खेलसम्म निरन्तता दिएका छन्।

सीपिएलमा बुधबार बिहान सम्पन्न खेलमा सेन्ट लुसियामाथिको ७ विकेटको सहज जितमा सन्दीपले महत्वपूर्ण दुई विकेट लिए।

दुई ओभर बलिङ गरेका सन्दीपले १३ रन खर्चिएर २ विकेट लिएका हुन्। उनले डेभिड वार्नरलाई कट एन्ड बोल्ड तथा अहमेद क्वेजलाई आउट गरे।

सीपिएलमा सन्दीपको यो सातौं विकेट हो। यसअघिका तीन खेलमा सन्दीपले ५ विकेट लिएका थिए।

सेन्ट लुसिया स्टारले दिएको ७० रनको सामान्य लक्ष्य सेन्ट किट्सले ८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। सेन्ट किट्सका लागि डिभोन थोमसले नटआउट ३८ रन जोड्दा ब्रान्डन किङले १७ रन बनाए। इभिन लेभिस १३ रनमा आउट भएका थिए। सेन्ट लुसियाका मिचेल म्याचिङघलम र केभिज हजले समान १ विकेट लिए ।

यसअघि डारेन सामी नेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया १२।३ ओभरमा ६९ रनमा समेटियो।

उसका लागि अहमेद क्वेजले सर्वाधिक २४ रन बनाए। डेभिड वार्नरले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

सेन्ट लुसियालाई कम रनमा समेट्न सेल्डन कट्रेलले ३ विकेट लिए। सन्दीप लामिछाने र मामदुल्लाहले समान २(२ विकेट लिए। कार्लोस ब्रेथवेट र वेन कटिङले समान १ विकेट लिएका थिए।

यो जितसँगै सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

इन्डियन प्रिमियर लिगमा ९आईपीएल० दिल्ली डेयरडेभिल्समा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए।

सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो।

सेन्ट किट्सले अब शनिबार बिहान बार्वाडोस ट्रिडेन्ससँग खेल्नेछ। त्यसपछिका बाँकी ५ खेल सन्दीपले गुमाउनेछन्। सन्दीप आइतबार एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न मलेसिया जाने भएकाले बाँकी खेल गुमाउने भएका हुन्।

नेपाली टोली एसिया कप छनोटको तयारीमा अहिले श्रींलंका मा छ। सन्दिप वेष्टइन्डिजबाट सोझै मलेसिया जान लागेका हुन्। यदि उनको टोलीले बाँकी खेल जितेर प्ले अफमा पुगे पुनः सन्दिप क्यारेवियन जानेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिन्छ : खेलकुदमन्त्री

पीएम कप भलिबल : महिलातर्फ एपीएफ र एभरेस्टको विजयी शुरुआत

आईपीएल: मुम्बई प्लेअफमा पुग्दा बाहिरियो दिल्ली

थाइल्यान्ड हराउन नेपाललाई १५९ रनको लक्ष्य

महिला टी–२० विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com