काठमाडौं, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अब ५ वर्षपछिको चुनावमा पक्की हुलाकी राजमार्गमा मज्जाले दौडेर प्रदेश २ का सांसदहरुले प्रचार गर्न बताए।
आज शनिबार प्रदेश २ को संसदमा सम्बोधन गर्दै उनले सहरी विकास मन्त्रालयले सम्पूर्ण बजेको ७० प्रतिशत तराई मधेसको लागि छुट्याएको जानकारी दिए।
हुलाकी सडकको निर्माणमा हामी तिब्रता दिँदैछौं। बढीमा ५ वर्षमा यस प्रदेशमा हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न हुन्छ र अबको निर्वाचनमा यहाँहरु चुनावमा हिँड्दा हुलाकी सडकमा मज्जाले दौडिन सक्नुहुन्छ प्रधानमन्त्री ओलीले भने ।
उनले प्रदेश २ भाग्यमानी भएको समेत बताए।
प्रदेश यति भाग्यमानी छ कि रेल पनि यसैबाट कुद्छ, गाडी पनि यसैबाट कुद्छ। राजमार्ग पनि यसैमा छ। हुलाकी राजमार्ग पनि यहीँ छ। कलकत्ता जाने पानी जहाज पनि यही प्रदेशबाट हिँड्छु, उनले भने।
प्रधानमन्त्रीले प्रदेश २ लाई पवित्र र ज्ञानभूमि बताए। उनले यो प्रदेशका मानिसहरुको आस्था र विश्वास प्रगाढ भएको बताए।
प्रतिक्रिया दिनुहोस्