ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालकै कान्छो रेफ्री : यस्तो छ १८ वर्षमै राष्ट्रिय फुटबल रेफ्री बनेका हरिश कार्की(च्यान्टे)को सफलताको कथा


एबीसी न्यूज

सानै उमेर देखि फुटबल मैदान नजिक भएर हो कि भाग्यको खेल हो च्यान्टे अर्थात् हरिश कार्की फुटबल तर्फ़ आकर्षित थिए |टाउन प्लानिंग पेप्सी कोला घर भएका हरिशलाई नेपाली फुटबल जगतमा धेरैले ‘च्यान्टे’ को उपनामले चिनछन् | होचो कद ,सानो ज्यु डाल भएका हरिश सानै देखि फुटबल खेल्थे , २०६९ सालमा प्लानिंग ब्य्ज़ युनाईटेडबाट ‘सी’ डीबीजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा उनि रमाए |

प्लानिंग मैदानमा हुने धेरै जसो खेलमा रमाउने उनि खेललाई नियालेर हेर्ने गर्दथे |कहिले कहिँ स्थानीय  खेलमा रेफ्रीको भूमिका निर्बाह गर्ने मान्छे नहुदा साथी भाईको कर कापमा लागेर रेफ्री बनेर खेल खेलाउने हरिश अहिले आएर नेपालकै सबै भन्दा कान्छा उमेरका राष्ट्रिय रेफ्री भएका छन् | राष्ट्रिय रेफ्रीको उपाधि – राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् |

20229871 1608617449210063 8399751939130109932 o

राष्ट्रिय रेफ्रीको उपाधि पाउन्जेल सम्म निकैनै मिहिनत गर्नु परेको हरिशको भनाइ छ |१८ बर्षको उमेरमा एन्फाको रेफ्री कोर्ष उतिर्ण गरेका च्यान्टे राष्ट्रिय रेफ्री प्रज्वल छेत्रीलाई आफ्नो आइडल मान्दछन्|आफुले गरेको मिहिनेत र अन्य रेफ्री दाई -दिदिको मायाले गर्दा आफु यहाँ सम्म पुगेको कुरा उनि दिल खोलेर भन्दछन् |प्राय जसो सबै फिफा रेफ्रीहरु संग एसीसटेन्ट बनेर काम गरिसकेका च्यान्टेले ठुला प्रतियोगिताहरु पनि सम्हालिसकेका छन् |

हालै सम्पन्न यु-१८ ‘ए’ डीबीजन लिग र बडी धनराशी भएको रेड बुल फूट्सल लिगमा समेत हरिशले आफ्नो छाप छोडिसकेका छन् |प्राय जस्तो उद्घाटन र फाइनल खेलमा आफ्नो स्थान बनाउन सफल उनले धेरै जसो महत्वपुर्ण खेलमा रेफ्रीको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल रहेको उनी बताउछन् |

आफुले पाएको उपलब्धिबाट रमाएका हरिश अझै पनि मिहिनत गर्दै जाने र सकेसम्म नेपाली फुटबल लाई केहि योगदान दिने सोचमा छन् |प्लानिंगमा रेफ्री बन्न इच्छुक साना साना भाई बहिनिलाई खेलको नियम सिकाउनुको साथै रेफ्रीको भूमिकाको बारेमा बोल्ने हरिश भविस्यमा एकेडेमी खोल्ने सोचमा छन् | उनको अबको लक्ष्य भनेको चाडै भन्दा चाडै फिफा रेफ्री बन्नु रहेको छ |

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com