ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित


एबीसी न्यूज

 
काठमाडौं, २८ साउन ।   न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो ।
 
प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना राई घोषित भएका छन ।
 
अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।
 
अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो ।पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।
 
दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
 
प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।
 
कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना ,बिक्की  गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।
 
कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ |यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी ,मिस पपुलर (जनता को मतद्वारा )मा स्वेता खड़का ,मिस फोटोजेनिकमा करुणा अधिकारी,मिस स्किनमा आकृति शाह ,मिस स्माईलमा सिर्जना राई,मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी ,मिस पर्सोनालिटीमा सनम थापा,मिस डिसीप्लेनमा श्रद्धा केसी , मिस क्याटवाकमा मोनिका घले ,मिस फ्रेन्डसिपमा सुजाता लामा,मिस हेयरमा ज्योति गुरुग,मिस राईजिग स्टारमा स्‍मृति लामिछानेलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com