ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिमियर लिगको नयाँ सिजन सुरु, युनाइटेडको विजयी सुरुवात


एबीसी न्यूज
श्रावण २६, २०७५ शनिबार  ९ : ४२ बजे

काठमाडौं २६ साउन । इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सन् २०१८–१९ आजदेखि सुरु भएको   छ ।

म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको खेलसँगै प्रिमियर लिगको ९ महिने सिजन सुरु भयो । घरेलु मैदान ओर्ल्ड ट्राफोटमा विश्व विजेता फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाको प्रेरणामा युनाइटेडले लेस्टरलाई २–१ गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ ।

खेल सुरु भएको तेस्रो मिनेटमा नै पाउल पोग्बाले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लेस्टरका ड्यानियल अमाटीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई पोग्वाले सदुपयोग गरेका थिए ।

पहिलो हाफमा अग्रता बनाएको युनाइटेडका लागि ८३औं मिनेटमा इंग्लिस डिफेण्डर लुक शले अग्रता दोब्बर बनाए । उनले जुहाँन माटाको पास सदुपयोग गरेका थिए ।

खेलको इन्ज्यूरी समयमा लेस्टरका लागि जेरेमी भार्डीले सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन ढिला भइसकेको थियो ।

गत सिजन म्यान्चेस्टर युनाइटेडले दोस्रो तथा लेस्टरले नवौं स्थानमा रहेर लिग सकाएका थिए । लिगमा आज ६ खेलहरु हुनेछन् । साँझ सवा पाँच बजे न्युकासल र टोटनह्याम भिड्नेछन् । त्यस्तै पौने ८ बजे ४ खेलहरु हुनेछन् । बर्नमाउथ र कार्डिफ सिटी, यसै सिजन बढुवा भएको फुलह्याम र क्रिष्टल प्यालेस, हडर्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्नेछन् । त्यस्तै राति सवा १० बजे ओल्भरह्याम्टन र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

टी–२० विश्वकपको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com