ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता


bhawani desk

काठमाडौं, २३ साउन। महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी, अपहरण, हातहतियार, बैंकिङ कसुर, सार्वजनिक अपराध, जुवालगायत सम्बन्धी मुद्दा दर्ता गरेको हो ।

ठगी सम्बन्धी १०२, सार्वजनिक अपराधका ७६, विद्युतीय कारोबार ऐन ६२, चोरी ४५, बैकिङ कसुर २९, सरकारी छापा दस्तखत किर्ते सम्बन्धी १५, मानव बेचविखन तथा ओसारपसार १२, भन्सार राजश्व छली ११ तथा कर्तव्य ज्यान सम्बन्धी १० वटा मुद्दा दर्ता भएको अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

यस्तै अवैध वन्यजन्तु सम्बन्धी आठ, लागूऔषध ६, ज्यान मार्ने उद्योग ६, हातहतियार तथा खरखजना तीन, डाँका दुई, जबर्जस्ती करणी दुई, कारागारबाट फरार दुई, अपहरण तथा बन्धक दुई, खुनडाँका एक, सम्पत्ति शुद्धीकरण एक, कालोबजारी एक, स्रोत नखुलेको सम्पत्ति एक तथा जुवा खेलाउने एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

उप्रेतीका अनुसार महाशाखाले ४०९ अपराधका घटनामा ६६४ व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा २० विदेशी नागरिकसमेत छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सामाजिक सञ्जालबाट सिर्जना भएका घटनामा वृद्धि भएको महाशाखाले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै विद्युतीय कारोबार ऐनका घटनामा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com