ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीका लागि एउटै वडाका १६१ महिला इराकमा


bhawani desk

चौतारा, २१ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ ।

नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा घिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो ।

गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ्यादी, पाखेरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन् । यहाँ तामाङ र शेर्पा समुदायको बसोवास रहेको छ । सो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घर रुँगेर बसेका छन् ।

एउटै घरबाट नन्द, भाउजु, देवरलगायत चारजनासम्म वैदेशिक रोजगारीमा गएका छन् । बुबाआमा वैदेशिक रोजगारीमा जाँदा बालबालिका खिन्न भएका पाइएको संयोजक धिमिरेले बताउनुभयो । उक्त वडाबाट गत आवमा महिला र पुरुष गरी कूल ६९१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

माइती नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका आठजना समस्यामा परेका छन् । उनीहरु इराक, कुवेत, जापान, अष्ट्रेलिया र अमेरीकामा समस्यामा परेका हुन् । विसं २०७२ मा भूकम्पका कारण तातोपानी नाका बन्द हुनुअधि त्यहाँका महिलाको प्रमुख गन्तब्य खासा रहेको थियो ।

आव २०७४\७५ मा जिल्लाबाट चार हजार ३१७ तथा जिल्लाको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट चार हजार ७४७ जनाले राहदानी पाएका थिए । राहदानी पाउनेमध्ये वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी मेलम्ची नगरपालिकाका एक हजार २३५ तथा सबैभन्दा कम त्रिपुरासुन्दरी गाउँपालिकाका ४०५ जना रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी भोटेकोशी गाउँपालिकाबाट ५०३ महिला वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । विगत वर्षदेखि देशका विभिन्न भागबाट खासामा मानव तस्करी हुन थालेपछि रोकथामका लागि तोतोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com