ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गन्धले घरमा बस्नै मुश्किल


bhawani desk

सोलुखुम्बु, २१ साउन । बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको छ ।

फाप्लु बजारको घरघरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् ।

मागबारे सुनुवाइ भएको छैन । स्थानीयवासी दिकुमार बराइलीले भन्नुभयो, “घर नजीकैको खोल्सामा दिसासहितको ढल छ, दुर्गन्धले बसिनसक्नु भएको छ ।” दुर्गन्धका कारण स्थानीयवासी बिरामी पर्ने गरेको उहाँले बताउनुभयो ।

सो बस्तीमा १६ दलित परिवारको बसोवास छ । बस्तीभन्दा माथि फाप्लु बजार रहेको छ । वडाध्यक्ष दावागेलु पाख्रिनको घर पनि सोही बजारमा रहेको छ ।

“दुर्गन्धले घरमा बस्नै मुश्किल छ”, स्थानीयवासी चेतनारायण विश्वकर्माले भन्नुभयो । घाम लागेका बेला दुर्गन्ध बढी फैलिने गरेको छ । खानेपानीको मुहान नजीकै ढल बग्छ । त्यही मुहानको पानी स्थानीयवासी प्रयोग गर्न बाध्य छन् ।

नगरपालिका–४ का वडाध्यक्ष पाख्रिन ढल व्यवस्थापनका लागि रकम अभाव रहेको बताउनुहुन्छ । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद शर्माले खानेपानी तथा सरसफाइ कार्यालय जिल्लामा नरहने भएकाले ढल व्यवस्थापनको काम नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com