ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० देशका उच्च सैनिक अभ्यास आजदेखि शुरु


bhawani desk

काठमाडौं,२१ साउन । विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार ( सिग्नल) मार्फत बहुर्राष्ट्रिय सेनाबीच विपद्का समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई प्रभावकारी तुल्याउनेबारे सैद्धान्तिक र व्यवहारिक अभ्यास हुनेछ ।

अभ्यासमा विभिन्न मुलुकका उपरथी तहसम्मका २७५ जना सैनिकको सहभागिता छ । स्न २००५ मा जापानमा आएको सुनामीपछि ठूलाखाले प्राकृतिक प्रकोपका घटनाका बेलामा उद्धारमा खटिएका बहुर्राष्ट्रिय सेनाको जिम्मेवारी र मानवीय उद्धार कार्यलाई व्यवस्थित तुल्याउन सैनिकले प्रयोग गर्ने दुरभास यन्त्रलाई समयानुकूल बनाउन यस्ता कार्यले निकै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

भूकम्प, सुनामीजस्ता ठूला खाले विपद्का घटना आएर सम्बन्धित मुलुकको दुरसञ्चार प्रणाली अवरुद्ध भएका समयमा सहयोग र सम्पर्क आदानप्रदान गर्न सैनिकले सञ्चालन गर्ने फ्रिक्वेन्सी निकै प्रभावकारी सावित हुँदै आएको छ ।
चौंध दिने सो अभ्यासमा नेपाल, अष्टे«लिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेसिया, जापना, मंगोलिया, माल्दिम्भ, मलेसिया, फिलिपिन्स, सिगापुर, श्रीलंका, थाइल्याण्ड, टोगो, भियतनाम, दक्षिण कोरिया, पपुवा न्यूगिनी र अमेरिका छन् ।

स्थलगतरुपमा प्राप्त गरेको ज्ञानका आधारमा नेपाली सेनाले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका समयमा बहुर्राष्ट्रिय सेनासँग आफनो सिग्नलमार्फत सम्पर्क, सहयोग र समन्वय प्रभावकारी ढंगबाट गरेको थियो । विश्वमा सूचना र प्रविधिको क्षेत्रमा के–कस्तो विकास भइरहेको छ भन्ने बारेमा जानकारी हासिल गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने यो कार्यक्रम नेपालमा यो दोस्रो पटक आयोजना गरिएको हो ।

तीन पटक योजना बनाएर त्यसका आधारमा वार्षिकरुपमा यस्ता अभ्यास विभिन्न मुलुकमा गरिन्छ । कार्यक्रमको उद्घाटन गर्दै युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले प्राकृतिक विपद्को समयमा हुनसक्ने मानवीय क्षतिलाई रोक्न र उद्धार कार्यलाई प्रभावकारी तुल्याउन बहुर्राष्ट्रिय सेनाबीच सहयोग र सम्पर्क कायम राख्न सहयोग पु¥याउने यस्ता अभ्यास निकै अर्थपूर्ण रहने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा २०७२ सालको भूकम्पको बेलामा बहुर्राष्ट्रिय सेनाबाट भएको उद्धार, सहयोग र समन्वयको स्मरण गराउँदै विपद्को बेला सेनाबीच सूचना आदानप्रदान र सही व्यवस्थापनको खाँचो छ भन्नुभयो । अमेरिकी सेनाका कृष्टी विल्सनले विपद्को समयमा बहुर्राष्ट्रिय सेना परिचालन हँुदा मानवीय सहायता कार्यलाई निकै परिणामुखी तुल्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com