काठमाडौं,२१ साउन । झापामा श्रीमतीलाई जर्वजस्ती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमानमाथी वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ ।
श्रीमातीले जाहेरीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको बताएकी छिन । उनले श्रीमान् १० र १२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि बताइन । कोइरालाले थप अनुसन्धान भइरहेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्