काठमाडौं,२१ साउन । लाजिम्पाटमा कोठी चलाउने २ युवती पक्राउ परेका छन्। प्रहरीले पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो ।
उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा लगेर युवकसँग जबरजस्ती सम्बन्ध राख्न लगाएका थिए । एक युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
पक्राउ परेकालाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ । आफ्नो फ्लाइटलाई उनीहरुले कोठी बनाएर वेश्यावृत्ति धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्