ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलेख :खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’


bhawani desk
श्रावण २०, २०७५ आईतबार  ३ : १४ बजे

 काठमाडौं,२० साउन । नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट ।

देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु निरुत्साहित बनेका मात्र हैन खेलकूद क्षेत्रबाटै पलायन पनि भइरहेका छन् ।

यसो त खेलाडीका लागि छुट्टै अस्पताल हुनुप¥यो भनेर खेलाडीहरूले सरकारको ध्यानाकर्षण नगराएका पनि होइनन् । पछिल्लो पटक गगन थापा स्वास्थ्यमन्त्री हुँदा राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा गठित खेलाडी सुविधा सुझाव कार्यदलले खेलाडीको वर्गीकरणसहित स्वास्थ्य सेवामा सहुलियतको माग गर्दै एक ज्ञापनपत्र बुझाएको थियो ।

राखेपका सदस्यसमेत रहनुभएका उपेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित उक्त कार्यदलले २०७४ वैशाख ६ गते तत्कालीन मन्त्री थापालाई बुझाएको ज्ञापनपत्रमा छुट्टै अस्पतालको माग पनि समेटिएको थियो । थापा नौ महिनापछि सरकारबाट बाहिरिएसँगै त्यो विषय पनि त्यतिकै सेलायो ।

त्यतिबेला मन्त्री थापाले सरकार आफँैले सञ्चालन गरेको अस्पताल र सरकारबाट अनुमति लिएर सञ्चालन गरिएका अन्य अस्पताल दुवैथरीलाई समेटेर खेलाडीलाई स्वास्थ्य सुविधा दिने योजना अघि बढाउन सकिने जानकारी दिनुभएको थियो ।

सरकारले खेलाडीका लागि छुट्टै अस्पताल बनाउने भन्दा पनि राखेप परिसरमा रहेको ‘मेडिकल’ विभागलाई व्यवस्थित गरी खेलाडीको उपचारमा लगाउने सोच बनाएको छ ।

अस्पताल निर्माण गर्नु सामान्य कुरा नभएको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार अस्पताल निर्माणका लागि जनशक्तिदेखि बजेटको व्यवस्थापन गर्नुपर्छ जुन कठिन काम हो ।

तत्कालका लागि सोही विभागमा जनशक्ति र उपकरण थपेर प्रशिक्षणमा रहेका वा प्रतियोगिता खेल्दै गरेका घाइते खेलाडीको उपचारको व्यवस्था मिलाउन सकिने उहाँको भनाइ छ ।

उपचार नपाएर खेलाडी हात बाँधेर बसेका भने छैनन् । केही खेलाडी सहयोग जुटाएरै भएपनि पुनः खेल क्षेत्रमा फर्किएका उदाहरणहरु छन् ।

जुडो खेलाडी रमेश मगरको देब्रे घुँडाको केही महिनाअघि सफल शल्यक्रिया भयो । मगरको धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा डा चक्रराज पाण्डेको टोलीबाट शल्यक्रिया भएको हो ।

नेपाली जुडो टोलीका आशलाग्दा खेलाडी मगरले अर्को वर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकूद (साग) मा राम्रो नतिजा ल्याउने लक्ष्य राख्नुभएको छ ।

सन् २०१० मा बंगलादेशमा आयोजित एघारौँ सागको उद्घाटन हुनु अघिल्लो दिन लिफ्ट दुर्घटनामा रमेशसहित केही नेपाली खेलाडी घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहको प्रतिष्पर्धामा उत्रन सक्नुभएन । दुई वर्षअघि भारतमा भएको १२ औँ सागमा भने उहाँ कास्य पदक जित्न सफल हुनुभयो र ढाकामा दुर्घटनाको परेर बेहोर्नुपर्ने क्षतिको केही मात्रामा भएपनि पूर्ति गर्नुभयो ।

सन् २०१० को दुर्घटनाको चोट दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उहाँको शल्यक्रिया गरिएको हो । सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण पदक जित्ने उहाँको धोको छ र उहाँ छ महिनापछि प्रशिक्षणमा फर्कने सोचमा हुनुहुन्छ ।

उहाँको शल्यक्रियामा रु तीन लाख पाँच हजार खर्च लाग्यो । नेपाल जुडो संघको आह्वानमा विभिन्न संस्था र व्यक्तिले गरेको उदार सहयोगबाट उहाँको उपचार सम्भव भएको छ ।

मगर जस्तै धेरै खेलाडीको उपचार अहिले ग्रान्डी अस्पतालले गरिरहेको छ । तर, अस्पतालले खेलाडीलाई यथेष्ट सहुलियत दिन सकेको छैन । खेलाडीहरूका लागि छुट्टै प्रकृतिको उपचार र सुविधाको खाँचो पर्दछ । नेपालमा भने खेलाडीका लागि त्यस्तो कुनै उपचार केन्द्र, अस्पताल वा चिकित्सकको व्यवस्था भइसकेको छैन ।

भलिबल खेलका प्रशिक्षक जगदीश भट्टले भन्नुभयो – “राम्रो अस्पताल सरकारी तवरबाटै व्यवस्था हुन सके आर्थिक अवस्था कमजोर भएका खेलाडीले पनि सहज उपचार सेवा पाउँछन् र उनीहरु फेरि खेल जीवनमा फर्कन सक्ने वातावरण बन्छ । तर, देशमा त्यस्तो अवस्था अझै आएको छैन ।”

खेलाडीको उपचारका लागि छुट्टै अस्पताल खोल्नुपर्ने विषयमा धेरै अगाडि सरकारको ध्यान जानुपर्ने थियो भन्नुहुन्छ प्रसिद्ध म्याराथन धावक बैकुण्ठ मानन्धर ।

खेलाडीका लागि छुट्टै अस्पताल बनाइदिने दीर्घकालीन सोच सरकारमा हुनुपर्ने ठान्नुहुने उहाँ त्यस्तो व्यवस्था नहुँदासम्म खेलाडीको उपचारका लागि अहिले भएकै ठूला सरकारी अस्पतालमा कमसेकम ‘कोटा सिस्टम’को व्यवस्था गरिनुपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “खेलाडीको आर्थिक अवस्था दयनीय छ । खेलाडी राष्ट्रका गहना हुन् भन्ने मात्रै हैन उनीहरुको निःशुल्क उपचारको व्यवस्था पनि गरिदिनुप¥यो ।”

पछिल्लो पटक सरकारले ल्याएको ‘खेलाडी स्वास्थ्य बीमा’ कार्यक्रमले केही राहत दिएको भएपनि त्यो पर्याप्त नभएको खेलाडीहरु बताउँछन् । अहिलेका लागि खेलाडीको सहजताका लागि राखेपमा भएकै मेडिकल विभागलाई थप प्रभावकारी बनाउनुपर्ने मानन्धरको सुझाव छ ।

पछिल्लो समय धेरै घाइते खेलाडीको उपचार गरिसक्नुभएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा पाण्डे उपचार गर्न मात्र होइन, मनोपरामर्शका लागि पनि छुट्टै अस्पताल आवश्यक रहेको ठान्नुहुन्छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहनुभएका डा पाण्डे खेलाडीलाई कसरी जोगिएर खेल्ने, तनावबाट कसरी मुक्त रहने र के के पोषणयुक्त खाना खाने भन्ने जानकारी दिन पनि आवश्यक भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “भोलि राम्रो खेलाडी बनाउन आजैदेखि पर्याप्त लगानी गर्नुपर्छ । आजको भोलि नजिता खोजेर हुँदैन । स्वस्थ खेलाडीका लागि उपचार मात्र होइन, पोषण र अनुशासन पनि त्यत्तिकै जरुरी हुन्छ । त्यसैले यी सबै सुविधा उपलब्ध हुने खालको राष्ट्रिययस्तरको अस्पताल आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com