ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै


bhawani desk

चितवन, २० साउन । स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरेसँगै बजार व्यवस्थित बन्दै गएको हो ।

भरतपुर महानगरपालिकाले सडक छेउमा पार्किङ निषेध गरेर बजारका तीन ठाउँमा सवारी पार्किङस्थल निर्माण गरेको छ । पैदलमार्गमा रहेकालाई नजिकै बालकुमारी स्कुलसँगै ठाउँ दिएर बजार व्यवस्थापन गरिएको छ ।

भरतपुरका मुख्य राजमार्गमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएसँगै बजार व्यवस्थित बन्दै गएको हो । पैदलमार्ग ढाक्ने गरी सामान राख्न निषेध गरिएको छ । यससँगै ट्राफिक व्यवस्थापन गर्न आकर्षक किसिमका ट्राफिक पोष्ट निर्माण गरिएका छन् । बजार क्षेत्रमा रातिमा बत्ती बल्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले आफू प्रमुख भएपछि बजार व्यवस्थित गर्न गरिएका पहल सफल हुँदै गएको बताउनुभयो । महानगरमा जनप्रतिनिधि आएको एकवर्ष भएको छ । यस अवधिमा सरोकारवालासँगको समन्वयले बजार व्यवस्थित भएको दाहालको भनाइ छ ।

आउँदा दिनमा शहर क्षेत्रलाई कसरी सुन्दर बनाउने भन्ने विषयमा छलफल थालिने उपप्रमुख पार्वती शाहले बताउनुभयो । महानगरपालिकाले नारायणगढ बजारमा अहिले पार्किङ गरिएका मोटरसाइकललाई छुट्टै पार्किङको व्यवस्थाको तयारी गर्दैछ । त्यसबाट शहर थप व्यवस्थित हुने विश्वास लिइएको छ ।

महानगरपालिकाको लायन्स चोकको फलफूल तरकारी बजारलाई भरतपुरकै क्षेत्रपुरमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ । जसबाट बजारलाई व्यवस्थित गर्न थप मद्दत पुग्नेछ । महानगरपालिकाले बजार क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाएसँगै ठूलो संख्यामा चारपाङ्ग्रे भित्रिन नदिन सरोकारवाला संस्थामा पत्राचार गरेको छ । जसबाट बजार अस्तव्यस्त हुन रोकिने विश्वास लिइएको छ ।

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार महानगरीय वृहत् यातायात गुरुयोजना तयार गरिँदै छ । सो पश्चात् के कति सवारी आवश्यक पर्छ सोही अनुरुप इजाजत दिन सम्बन्धित निकायलाई पत्राचार गरिने बताउनुभयो ।

लामो र छोटो दुरीका सवारीलाई बजार क्षेत्रमा मानिस चढाउने र झार्ने निश्चित ठाउँ तोकिएको छ । ती सवारीसाधन नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनल बाहेक अन्यत्र पार्किङ गर्न निषेध गरिएको छ ।

महानगरले बैंक, वित्तीय संस्था, ठूला कम्प्लेक्सलाई पत्राचार गरेर आ–आफ्नो पार्किङको व्यवस्थापन गर्न आग्रह गरेको छ । वडामा व्यवस्थित हाटबजार निर्माण भइरहेका छन् । जसले गर्दा नारायणगढ बजारमा मानिसको चाप कम हुँदैगएको छ ।

महानगरपालिकाका प्रमुख दाहालले शहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियान सफल हुँदै गएको बताउनुभयो । पार्किङ व्यवस्थापनसँगै ढल व्यवस्थित गर्ने, सडक फराकिलो पार्ने, रातको समयमा सबै ठाउँमा सडक बत्तीको व्यवस्था गर्ने र रुख विरुवा लगाएर हरियाली बनाउने उहाँले बताउनुभयो ।

नेपालका शहरमा सबैभन्दा सुन्दर शहर नारायणगढ बजारलाई बनाउने महानगरपालिकाको लक्ष्य छ । बजार हुँदै यात्रा गर्ने मानिसलाई पनि सुन्दर शहर प्रवेश गरेँ भन्ने अनुभूति दिलाउने गरी काम गरिने महानगरपालिकाका प्रमुख दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com