ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पनि कीकी च्यालेञ्जको आतंक


एबीसी न्यूज
श्रावण १९, २०७५ शनिबार  ४ : ११ बजे
संसारभर अहिले कीकी च्यालेञ्जको भूत सवार भएको छ । बच्चादेखि बुढासम्मले च्यालेञ्ज स्वीकार गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राखिरहेका छन् ।यो च्यालेञ्ज स्वीकार्दै भिडियो बनाउने क्रममा कैयन दुर्घटना समेत भएका छन् । छिमेकी मुलुक भारतमा पनि कीकी च्यालेञ्जको आतंक फैलिएको छ ।

च्यालेञ्ज स्वीकार्ने नाममा नागरिकहरूले जोखिमपूर्ण भिडियो बनाउन थालेपछि प्रहरी हैरान भएको छ । प्रहरीले ट्वीट नै गरेर यस्तो नगर्न चेतावनी दिएको छ ।

के हो कीकी च्यालेञ्ज ?

‘कीकी च्यालेञ्ज’ एक क्यानेडियन र्‍याप गायकको गीत हो । यो गीत अहिले युट्युवमा भाइरल बनिरहेको छ ।

च्यालेञ्ज पूरा गर्नका लागि एक व्यक्ति गाडीमा बस्छ र उसले गाडी चलाउँदै भिडियो पनि खिच्छ । गाडीको अगाडिको एक ढोका खुला रहन्छ र त्यसबाहिर एक व्यक्ति चलिरहेको गाडीलाई हेर्दै बीच सडकमा नाच्छ । साथमा गीत पनि बजिरहेको हुन्छ– ‘कीकी, डु यु लभ मी …. ?

यसरी सडकमा नाच्ने र ढोका खोलेर गाडी चलाउने गर्दा दुर्घटना बढेको छ ।

अझ डरलाग्दो कुरा त के भने च्यालेञ्ज पूरा गर्न बीच सडकमा नाच्ने व्यक्ति कुदेर चलिरहेको गाडीभित्र बस्नुपर्ने हुन्छ । तब मात्र यो च्यालेञ्ज पूरा भएको मानिन्छ ।

अभिनेतासमेत गरिरहेका छन् च्यालेञ्ज स्वीकार !

यस च्यालेञ्ज पूरा गर्नका लागि बलिउडका चर्चित अभिनेता पनि लागिपरेका छन् ।

हेर्नुहोस्, च्यालेञ्ज पूरा गर्ने क्रममा भएका केही दुर्घटना :

https://www.facebook.com/aajtak/videos/10157382655377580/?t=84

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com