ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउथ इण्डियन फिल्मका १० हिरोइन जो दक्षिण भारतका होइनन्


एबीसी न्यूज

आउनुहोस् साउथ इण्डियन फिल्मका १० हिरोइनको बारेमा जानौं जो दक्षिण भारतीय होइनन् तर पनि दक्षिण भारतीय फिल्ममा सुपरस्टार छन् ।

१. तापसी पन्नु (दिल्ली):

मोडलिङबाट अभिनयमा आएकी तापसी मूल रुपले दिल्लीकी हुन् । तापसीले बलिउडमा पनि काम गरेकी छिन् । बलिउडमा चश्मेबद्दुरबाट डेब्यू गरेकी तापसीले अक्षय कुमारसँग बेबी, नाम शबाना लगायत फिल्ममा समेत काम गरेकी छिन् ।

२. नमिता (सूरत, गुजरात):

 

नमिता १० मे १९८१ मा गुजरातको सूरतमा जन्मिएकी हुन् । नमिताले २००२ मा तेलुगु फिल्म सोंथमबाट डेब्यू गरेकी थिइन् ।

३. हंसिका मोटवानी (मुम्बइ):

१० वर्षको उमेरमा ‘शाकालाका बूम बूम’ बाट टिभीमा डेब्यू गरेकी हंसिका ९ अगष्ट १९९१ मा मुम्बइमा जन्मिएकी हुन् । उनले हिमेश रेशमियाँको फिल्म आपका सुरुरबाट हिरोइनको रुपमा डेब्यू गरेकी थिइन् । उनले कन्नड, तमिल, तेलुगु भाषामा २६ भन्दा बढी फिल्म गरिसकेकी छिन् ।

४. इलियाना डिक्रुज (पुणे महाराष्ट्र):

१ नोभेम्बर १९८७ मा पुणेमा गोवानी क्याथोलिक परिवारमा जन्मिएकी इलियानाको मातृभाषा कोंकणी हो । उनले २००६ मा देवदासूबाट डेब्यू गरेकी हुन् । २०१२ मा अनुराग वासुको फिल्म बर्फीबाट बलिउड डेब्यू गरेकी इलियाना दक्षिण भारतमा चर्चित हिरोइन हुन् ।

५. काजल अग्रवाल (मुम्बइ):

बलिउडमा अजय देवगनसँग सिंघममा काम गरिसकेकी काजल दक्षिण भारतमा तुलुगु फिल्ममा सक्रिय छिन् । १९ जून १९८५ मा काजलको जन्म मुम्बइमा भएको थियो । काजल दक्षिण भारतमा धेरै पारिश्रमिक लिने हिरोइनमा गनिन्छिन् । उनले जनता ग्यारेजमा आइटम नम्बरको लागि ५० लाख लिएकी थिइन् ।

६. तमन्ना भाटिया (मुम्बइ): 

२१ डिसेम्बर १९८९ मा मुम्बइमा जन्मिएकी तमन्ना दक्षिण भारतमा टप हिरोइनमा गनिन्छिन् । एकपछि अर्को ब्लकबस्टर फिल्म दिएकी तमन्ना साउथ इण्डियामा आइटम नम्बरकै लागि १ करोड लिन्छिन् । उनले स्पिडोन्नुडुमा आइटम डान्सकै लागि १ करोड लिएकी थिइन् ।

७. चर्मी कौर (पंजाब):

चर्मी कौरको जन्म १७ मे १९८७ मा पंजाबी शिख परिवारमा भएको थियो । उनको पढाइ भने मुम्बइमा गरिन् । उनी तेलुगु फिल्ममा सक्रिय छिन् । चर्मीले शाहिद कपुरको फिल्म आर राजकुमारमा पनि आइटम डान्स गरेकी छिन् ।

८. नेहा शर्मा (भागलपुर, बिहार):

बिहारको भागलपुरमा जन्मिएकी नेहा शर्माले दिल्लीबाट फेशन डिजाइनिङ कोर्स गरेकी छिन् । उनका पिता भागलपुरमा कांग्रेस पार्टीबाट विधायक छन् । नेहाको डेब्यू फिल्म चिरुथा थियो जसमा उनी राम चरणको अपोजिट देखिएकी थिइन् ।

९. भूमिका चावला (दिल्ली):

 सलमान खानसँग फिल्म तेरे नामबाट चर्चित भएकी तेलुगु हिरोइन भूमिका चावलाको जन्म २१ अगष्ट १९७८ मा दिल्लीमा एक पंजाबी परिवारमा भएको थियो । उनले २००० मा तेलुगु फिल्म युवाकुडुबाट डेब्यू गरेकी हुन् ।

१०. जेनेलिया डिसुजा (मुम्बइ): 

५ अगष्ट १९८७ मा मुम्बइमा जन्मिएकी जेनेलिया डिसुजा पनि साउथ फिल्ममा चर्चित छिन् । एक समय उनका फिल्मलाई साउथमा प्रतिबन्ध लगाउनुपर्ने आवाजसमेत उठेको थियो । २०१० मा श्रीलंकामा भएको आइफा अवार्ड साउथ इण्डियन स्टारहरुले बहिष्कार गरेका थिए । २००९ मा भएको हिंसामा कैयौं तमिल नागरिक मारिएको विरोधमा उनीहरुले यस्तो गरेका थिए । तर जेनेलिया त्यतिबेला रितेश देशमुखसँग अवार्ड कार्यक्रममा गएपछि उनको फिल्मकै विरोध भएको थियो । जेनेलियाले अहिले रितेशसँग बिहे गरिसकेकी छिन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com