ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुइनलाई अविलम्ब हटाउनेतर्फ मन्त्रालयसँग समन्वय गर्न स्थानीय तहलाई आग्रह


एबीसी न्यूज
श्रावण १९, २०७५ शनिबार   ७ : ३०   बजे

काठमाडौँ, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकको कुनै पनि भागमा अझै पनि सार्वजनिक तुइनको प्रयोग भइरहेको भए सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि मन्त्रालयसँग समन्वय गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालद्वारा  जारी विज्ञप्तिमा तुइन प्रतिस्थापनका लागि प्रारम्भिक चरणमा संकलन गरिएको सर्वेक्षणमा छुट्न गई कुनै स्थानीय तहभित्र वा सिमानामा पर्ने नदी वारपार गर्न अझै पनि सार्वजनिक तुइनको प्रयोग भइरहेका भए सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि सम्बन्धित स्थानीय तहमार्फत माग गर्न आग्रह गरिएको छ ।

नेपाल सरकारले जारी गरेको सार्वजनिक तुइन प्रतिस्थापन कार्यविधि, २०७३ मा ‘झोलुङ्गे पुलले प्रतिस्थापन गरेका र दैनिक प्रयोगमा नरहेका सार्वजनिक तुइन स्थानीय तहले हटाउनुपर्ने र सार्वजनिक तुइनको नयाँ निर्माणलाई रोक्का गर्न सार्वजनिक सूचना जारी गर्नुपर्ने एवं सार्वजनिक तुइनको नयाँ निर्माण कार्य कानून विपरीत हुने’ भन्ने व्यवस्था गरेको हुँदा कार्यविधिमा उल्लेख भएबमोजिम सञ्चालनमा रहेका तुइनको विस्थापन गर्नाका साथै नयाँ तुइन निर्माण कार्यमा रोक लगाउन ठोस कदम चाल्न सम्बन्धित निकायमा अनुरोध गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

तुइन विस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकता प्रदान गरी आवश्यक कार्यक्रम अगाडि बढाइरहेको भए तापनि विभिन्न सञ्चारमाध्यममा आउने गरेको ‘अझै पनि देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको अभावमा स्थानीय जनताले तुइनबाटै असुरक्षित तरिकाले नदी वारपार गरिरहेको’ भन्ने समाचारप्रति ध्यानाकृष्ट भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालका विभिन्न ठाउँमा रहेका नदी, खोलामाथि वारपार गर्न अन्य सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका सार्वजनिक तुईनलाई झोलुङ्गे पुलमा प्रतिस्थापन गर्ने नेपाल सरकारको २०७२ असोज २५ गतेको निर्णयबमोजिम देशभरका १३१ स्थानमा रहेका तुइनमध्ये १०५ वटा तुइन विस्थापित भइसकेको जनाएको छ ।

चालू आवको बजेट वक्तव्यमा तीन वर्षभित्र सम्भाव्य सबै ठाउँमा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न रु तीन अर्ब ११ करोड ४० लाख बजेट विनियोजन गरी तुइन विस्थापन कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालले कुनै स्थानमा निजी तथा समुदायबाट निर्माण भई हाल प्रयोगविहीन अवस्थामा रहेका जोखिमयुक्त तुइनलाई अविलम्ब हटाउनेतर्फ आवश्यक पहल गर्न सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group