ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुइनलाई अविलम्ब हटाउनेतर्फ मन्त्रालयसँग समन्वय गर्न स्थानीय तहलाई आग्रह


एबीसी न्यूज

काठमाडौँ, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकको कुनै पनि भागमा अझै पनि सार्वजनिक तुइनको प्रयोग भइरहेको भए सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि मन्त्रालयसँग समन्वय गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालद्वारा  जारी विज्ञप्तिमा तुइन प्रतिस्थापनका लागि प्रारम्भिक चरणमा संकलन गरिएको सर्वेक्षणमा छुट्न गई कुनै स्थानीय तहभित्र वा सिमानामा पर्ने नदी वारपार गर्न अझै पनि सार्वजनिक तुइनको प्रयोग भइरहेका भए सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि सम्बन्धित स्थानीय तहमार्फत माग गर्न आग्रह गरिएको छ ।

नेपाल सरकारले जारी गरेको सार्वजनिक तुइन प्रतिस्थापन कार्यविधि, २०७३ मा ‘झोलुङ्गे पुलले प्रतिस्थापन गरेका र दैनिक प्रयोगमा नरहेका सार्वजनिक तुइन स्थानीय तहले हटाउनुपर्ने र सार्वजनिक तुइनको नयाँ निर्माणलाई रोक्का गर्न सार्वजनिक सूचना जारी गर्नुपर्ने एवं सार्वजनिक तुइनको नयाँ निर्माण कार्य कानून विपरीत हुने’ भन्ने व्यवस्था गरेको हुँदा कार्यविधिमा उल्लेख भएबमोजिम सञ्चालनमा रहेका तुइनको विस्थापन गर्नाका साथै नयाँ तुइन निर्माण कार्यमा रोक लगाउन ठोस कदम चाल्न सम्बन्धित निकायमा अनुरोध गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

तुइन विस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकता प्रदान गरी आवश्यक कार्यक्रम अगाडि बढाइरहेको भए तापनि विभिन्न सञ्चारमाध्यममा आउने गरेको ‘अझै पनि देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको अभावमा स्थानीय जनताले तुइनबाटै असुरक्षित तरिकाले नदी वारपार गरिरहेको’ भन्ने समाचारप्रति ध्यानाकृष्ट भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालका विभिन्न ठाउँमा रहेका नदी, खोलामाथि वारपार गर्न अन्य सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका सार्वजनिक तुईनलाई झोलुङ्गे पुलमा प्रतिस्थापन गर्ने नेपाल सरकारको २०७२ असोज २५ गतेको निर्णयबमोजिम देशभरका १३१ स्थानमा रहेका तुइनमध्ये १०५ वटा तुइन विस्थापित भइसकेको जनाएको छ ।

चालू आवको बजेट वक्तव्यमा तीन वर्षभित्र सम्भाव्य सबै ठाउँमा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न रु तीन अर्ब ११ करोड ४० लाख बजेट विनियोजन गरी तुइन विस्थापन कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालले कुनै स्थानमा निजी तथा समुदायबाट निर्माण भई हाल प्रयोगविहीन अवस्थामा रहेका जोखिमयुक्त तुइनलाई अविलम्ब हटाउनेतर्फ आवश्यक पहल गर्न सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com