ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२१ अर्ब ८० करोड राजश्व संकलन


bhawani desk
श्रावण १८, २०७५ शुक्रबार   ४ : १०   बजे

चितवन, १८ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४\७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ ।

रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो ।
अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपुर (पूर्वी नवलपरासी) जिल्ला हेर्दै आएको छ । दुई जिल्लामा १२ मदिराजन्य उद्योग छन् । चितवनमा तीन बियर र तीन मदिरा उद्योग छन् । नवलपुरमा चार मदिरा तथा दुई बियर उद्योग छन् । नवलपुरमा रहेको गोर्खा ब्रुअरीले सबैभन्दा धेरै रु नौ अर्ब सात करोड ४८ लाख राजश्व बुझाएको छ । ब्रुअरीले काल्र्सवर्ग, टुबर्ग, सानमिगल, हिमालयन ड्रागन बियरको बोतल तथा क्यान उत्पादन गर्दछ ।

गत आवमा अन्तःशुल्कबाहेकका क्षेत्रबाट रु दुई अर्ब ९९ करोड ७४ लाख २० हजार राजश्व संकलन भएको छ । कार्यालयले गत आवमा स्वास्थ्य सेवा शुल्कतर्फ रु छ करोड २९ लाख १० हजार, आयकरतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घर बहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, व्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार तथा शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन गरेको छ ।

उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम यस क्षेत्रमा मदिराबाहेक अन्य ठूला उद्योग नहुनु र करको दायरामा आउने संख्या कम हुँदा अन्य क्षेत्रबाट राजश्व कम संकलन भएको बताउनुहुन्छ । कर नबुझाउनेको संख्या अत्यधिक रहेको उहाँको भनाइ छ । पचास प्रतिशतभन्दा बढी साना उद्योग सञ्चालक करको दायरामा नआएको गौतमले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group