ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनाबाट तीन वर्षमा २९० को मृत्यु


bhawani desk

धादिङ, १८ साउन । धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ मा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु भएको छ । दुर्घटनामा २०७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।

आर्थिक वर्ष २०७२-७३ मा ७७ जना, २०७३-७४ मा ९६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दुर्घटना बढ्दै गएकाले दुर्घटना कमी गर्न कदम चाल्नु पर्नेमा जोड दिँदै आएको छ ।

जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ । चालकले मादकपदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ । यसबाहेक तनाव, उत्तेजना, सडकको दूरावस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको छ । साँघुरो र जीर्ण सडक, अर्को सवारीलाई उछिन्ने र तीब्र गतिले सवारी चलाउने गर्दा दैनिकजसो सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ ।

पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, कालुपाण्डे मार्ग र विभिन्न ग्रामीण क्षेत्रसम्मको कच्ची सडकको सञ्जाल भएको धादिङ जिल्लामा पृथ्वी राजमार्गमा सबैभन्दा बढी दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com