ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो


bhawani desk

कञ्चनपुर, १८ साउन । वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ ।

भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।

‘दुई घण्टा पैदल हिंडेर बैंक पुग्न पुग्नुपर्ने झन्झट अब भएन’, अर्का स्थानीयवासी पुरन चौधरीले भन्नुभयो, “बैंकमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था पनि छैन, वडा कार्यालयबाटै भत्ता रकम पाइन्छ ।”

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विधवा महिलालाई अहिले बैंकमार्फत नगरपालिकाले वडा कार्यालयमा सामाजिक सुरक्षाको रकम वितरण गर्ने व्यस्था मिलाएको हो ।

नगरपालिकाले आव ०७४÷७५ मा रु सात करोड ८७ लाख ९३ हजार ६०० रकम सामाजिक सुरक्षा भत्तावापत वितरण गरेको छ । ज्येष्ठ नागरिक दलित ५६१ जनालाई रु ६७ लाख ३२ हजार, ज्येष्ठ नागरिक एक हजार ५९१ जनालाई रु एक करोड ९० लाख ९२ हजार, विधवा एक हजार ६१० जनालाई रु एक करोड ९३ लाख २० हजार रकम वितरण गरिसकेको छ ।

यसैगरी, पूर्ण अपांगता भएका १९३ जनालाई रु २७ लाख १२ हजार, अति असक्त अपांगता भएका १४३ जनालाई रु १० लाख २९ हजार ६००, पाँच बर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता ७७४ जनालाई रु ३३ लाख ८८ हजार र ज्येष्ठ नागरिक औषधि उपचार भत्ता दुई हजार १३३ जनालाई रु दुई करोड ५५ लाख ९६ हजार रकम वितरण गरिएको छ ।

भत्ताको रकम वितरणको कार्यलाई घर दैलोमै पु¥याउनका लागि योजना बनाइरहेका छौँ नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “घरघरमै भत्ताको रकम वितरणको कार्य गरिएपछि ज्येष्ठ नागिरकलाई सहजरुपमा सेवा पु¥याएको महसुस हुनेछ ।”

टाढाको बैंकसम्म जानुभन्दा वडामै भत्ताको रकम वितरणको व्यवस्थाले केही सहज भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com